हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्री नजिकै पूर्व–पश्चिम राजमार्गमा रुख ढल्दा एक जना भारतीय नागरिक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब १२:१५ बजेको समयमा भारतको बिरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बीआर ३२ एके १२४१ नम्बरको भारतीय मोटरसाइकलमा अचानक रुख ढलेर लाग्दा मोटरसाइकल चालक भारत मधुबन–५ का अन्दाजी २० वर्षीय कनैया कुमार घाइते भएका हुन्।
घटनापछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर करिब १२:४० बजे रुख काटी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ।
घाइते कनैया कुमारलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्





























