हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सिमलटारका युवाहरूले दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाएका छन् । माना रोपेर मुरी फलाउने पर्वको रुपमा धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालको मुख्य पेशा नै कृषि हो ।

दिनभरी धान रोपेर थाकेका रोपाहार र बौसे गर्ने लाठेहरुले शितलताको लागि दही र अलि आडिलो हुन चिउरा खाजाको रुपमा खाने चलन रहेको जानकारहरु बताउँछन् । सँस्कृति जोगाउने उदेश्यले पनि युवाहरूको जमात मिलेर दही, चिउरा, फलफूल खाएको सिमलटार टोल विकास संस्थाका पुर्व अध्यक्ष मधुकुमार थापामगर (विशेष) ले बताए । ‘हामी विभिन्न तहतप्काका युवाहरू मिलेर खाजा (दही , चिउरा , फलफूल) खाइ धान दिवस मनाएका हौं’’, विशेषले जानकारी दिए ।

वडा सदस्य विकास नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिमलटार टोल विकास संस्थाका उपाध्यक्ष छेगु गोले, निवर्तमान अध्यक्ष सुर्य बहादुर थिङ्ग, सल्लाहकार तथा सिमलटार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनी, सल्लाहकार उमेश बस्नेत, युवा नेता मोहन लामा लगायतको उपस्थिति रहेको थियो । हेर्नुहोस् धान दिवस कार्यक्रमका दृश्यहरु–

































