हेटौंडामा २२ औं राष्ट्रिय धान दिवस धुमधामसँग सम्पन्न

हेटौंडा । ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मानिर्भरता’ भन्ने मूल नाराका साथ २२ औं राष्ट्रिय धान दिवस आइतबार हेटौंडामा पनि भव्यताका साथ मनाइएको छ। हरेक वर्ष असार १५ गते धान रोपाइँसँगै मनाइने यो दिवस यसपटक हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भयो।

कार्यक्रम अन्तर्गत हेटौंडाकी नगरप्रमुख मिना कुमारी लामाले हेटौंडा–१७ स्थित राजदेवीमा धान रोप्ने मेसिन चलाएर धान रोपाइँको शुभारम्भ गरेकी थिइन्। साथै धान दिवसको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत खेतमा लगेर रोपाइँ अवलोकन गराइएको थियो।

उपमहानगरपालिकाले हेटौंडा–१७ लाई धान पकेट क्षेत्रको रूपमा विस्तार गरिरहेको जनाउँदै किसानहरुलाई धान बिउ, किटनाशक औषधि, ट्याक्टर, हातेपम्प र त्रिपाल समेत सहयोग गरेको छ।

यसैबीच, उपमहानगरपालिकाको सहयोग र राप्ती तल्लोटोल टोल विकास संस्थाको आयोजनामा हेटौंडा–११ मा पनि बाजागाजा सहित धान दिवस मनाइएको थियो। कार्यक्रममा मेयर लामा लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.