मकवानपुरमा एमालेद्वारा विपद् प्रतिकार्य द्रुत टोली गठ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

हेटौँडा । नेकपा एमाले मकवानपुरले विपद्को समयमा नागरिकको जीवन र भौतिक संरचनाको सुरक्षाका लागि जिल्लास्तरदेखि स्थानीय तहसम्म विपद् प्रतिकार्य टोली निर्माण गर्ने भएको छ।

पार्टी जिल्ला कार्यालय हेटौँडामा बिहीबार बसेको नेकपा एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य विभाग र जनसंगठन समन्वय संयन्त्रको संयुक्त बैठकले जिल्लास्तरीय ६५ सदस्यीय विपद् प्रतिकार्य द्रुत टोली (स्वयंसेवक दस्ता) निर्माण गर्ने निर्णय गरेको हो।

बैठक जिल्ला विपद् विभागका प्रमुख शिवहरि दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी जिल्ला सचिव सिता विष्ट, उपसचिव आरती पाठक, जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेल, उपप्रमुख मिलन पाठक, जिल्ला सदस्य पञ्चमाया स्याङ्तान, आकाश अधिकारीलगायतको सहभागिता रहेको थियो।

बैठकले जिल्लाका सबै १० स्थानीय तहमा पनि पालिकास्तरको विपद् प्रतिकार्य टोली निर्माण गर्ने योजना अघि सारेको छ। विभाग प्रमुख दाहालका अनुसार, निर्माण गरिने टोलीहरूले विपद्को पूर्वानुमान, पूर्वतयारी तथा विपद् प्रभावित क्षेत्रमा पुगेर नागरिकको उद्धार तथा सरकारी निकायहरूसँग समन्वय गरी कार्य गर्नेछन्। साथै टोलीका लागि विशेष तालिमको व्यवस्था समेत गरिने छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर रानाले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपणलाई ध्यानमा राखेर विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरणमा पार्टी पंक्तिलाई सक्रिय बनाउने योजना रहेको बताउनुभयो।

बैठकमा जिल्ला विपद् व्यवस्थापन विभागका सचिव सुरेश बेरोजगार, वन तथा वातावरण विभागका सचिव कृष्ण बिडारी, स्वास्थ्य विभागका सचिव उमेश अधिकारी र जनसंगठन समन्वय संयन्त्रका उपप्रमुख मिलन पाठकलगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.