२०८१ कार्तिक ६, मंगलवार १३:१९ गते
२०८१ कार्तिक ६, मंगलवार १३:१९ गते
मकवानपुर । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु वर्ल्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु खेलाडीहरुलाई बिदाई गरेका हुन् । सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश यूवा तथा खेलकुद मंत्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासका लागि साथ सहयोग गर्न सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरे । मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीहरुलाई सहभागी गराएर खेलमार्फत् राष्ट्रको नाम विश्वसामु चिनाउन र पदकसमेत जित्न सफल बनाउन उसु महासंघको महत्वपूर्ण योगदान रहेको भन्दै महासंघलाई धन्यवाद दिए ।…