मकवानपुर । मकवानपुरको हेटौँडा–भिमफेदी–कलेखानी–फाखेल तथा सिस्नेरी हुँदै काठमाडौँसम्म पुग्ने सडक एकतर्फी मात्रै संचालन हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार ३ दिनका लागि काठमाडौँबाट हेटौँडा आउने गरी साना सवारी साधनका लागि बाटो खुला राखिएको हो ।
इन्द्रसरोवर गाउँपालिकास्थित सिमखोला डाइभर्सनमा क्षति पुगेकोले त्यस क्षेत्रमा अझ मर्मत सम्भार गर्न तथा हिम पाईपहरु राख्ने कार्यहरुका लागि सडक एकर्फी मात्रै संचालनमा ल्याउने निर्णय भएको हो । शुक्रबार बिहान ९ बजेदेखि आईतबारसम्म उक्त बाटो मर्मतसम्भार हुनेछ ।
३ दिनसम्म हेटौँडाबाट काठमाडौँसम्म पुग्नभने त्रिभुवन लोकपथ पालुङ, कुन्छाल, चित्लाङ र चन्द्रागिरी हुँदै तथा हेटौँडादेखि कान्तिलोकपथ सडक प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालका अनुसार हेटौँडा हुँदै काठमाडौँ जाने सवारी साधनलाई प्रहरीले भैँसेबाट त्रिभुवन राजपथतर्फ पठाउन सहजीकरण समेत गरेको छ ।