जम्बु चौतारा टोल विकास संस्थाको अध्यक्षमा मीना जिम्बा चयन

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित जम्बु चौतारा टोल विकास संस्थाको अध्यक्षमा मीना जिम्बा चयन भएकी छिन् । संस्थाको हिजो सम्पन्न छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिम्बाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

संस्थाको उपाध्यक्षमा ज्ञानु लामा, सचिवमा सुनिता योन्जन, सह–सचिवमा विद्या तामाङ र कोषाध्यक्षमा अमिसा थिङ्ग चयन भएका छन्। संस्थाको सदस्यहरुमा रिता शाहा, लक्ष्मी सुनार, सोनी घलान, सरिना परियार, सन्तोष हुमागाई र पुर्ण बहादुर सिलवाल चयन भएका छन् ।

हेटौंडा ३ नम्बर वडा सदस्य सबिना बिडारीको प्रमुख आतिथ्यतामा संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा ११ थानाभर्याङका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका उपमहासचिव देब कुमार श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति नगर सदस्य तथा हेटौंडा–३ भुगोल इन्चार्ज ठिसाङ्ग लामा (भिमलाल), टोल विकास संस्था हेटौंडा–३ वडा समन्वय समितिका अध्यक्ष रोशन गोले, अक्कल बहादुर पाख्रीन, किशोर लामा, चन्द्रलाल लामा र बाबुलाल वि.क लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जम्बु चौतारा टोल विकास संस्थाका अध्यक्ष हिरालाल वाईबाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.