समाचार

सवारीको चाप बढेपछि कुलेखानी ड्यामको सडक खुला

सवारीको चाप बढेपछि कुलेखानी ड्यामको सडक खुला

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ३ स्थित हेभीमा सडकमा सवारीको चाप बढेपछि अहिले कुलेखानी ड्याम हुँदै काठमाडौँसम्म सवारी आवतजावत सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज एक सुचना जारी गर्दै कुलेखानी ड्याम हुँदै काठमाडौँ सवारी आवतजावत खुला गरिएको जानकारी दिएको हो । कार्यालयका अनुसार अर्को सूचना नआएसम्म निजी तथा सार्वजनिक हलुका सवारी साधनहरुलाई कुलेखानी ड्याम हुँदै काठमाडौँतर्फ जाने व्यवस्था मिलाइएको हो । हाल हेटौँडा हुँदै काठमाडौँ जाने सवारीहरुको चाप भएता पनि हेभी तथा सिमखोला ईलाकामा सवारीहरु निक्कै समय जाममा पर्ने गरेका छन् । दशैँ अघिको बाढी र पहिरोले फाखेल र सिस्नेरी बाटो बिगारेपछि त्यस क्षेत्रमा…
Read More
हेटौँडा–फाखेल–काठमाडौँ सडकमा फेरि समस्या

हेटौँडा–फाखेल–काठमाडौँ सडकमा फेरि समस्या

मकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–फाखेल हुँदै काठमाडौँ पुग्न सकिने सडकमा पूनः समस्या देखिएको छ । फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–वडा नम्बर २ र ३ स्थित हेभीमा सडक बिग्रिएपछि समस्या देखिएको हो । हेभीमा सडक बिग्रिएपछि वैकल्पिक बाटो प्रयोग गर्न इलाका प्रहरी कार्यालय भिमफेदीले आग्रह गरेको छ । त्यहाँबाट स्थानीय आशबहादुर लामाले जानकारी दिए अनुसार कुलेखानी सिमखोला नजिकको उकालो सडकमा साना गाडीहरु चढ्न सकेका छैनन् । साना गाडीहरुले पिकअप लिन नसकेपछि अहिले यात्रुहरु ५ घण्टादेखि सडकमै अलपत्र पर्ने अवस्था समेत आएको स्थानीयहरु बताउँछन् । इलाका प्रहरी कार्यालय भीमफेदीले यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा कान्ति लोकपथ र त्रिभुवन राजपथबाट यात्रा गर्न आग्रह…
Read More

करेन्ट लागेर हेटौँडा–१६ मा २ बालिकाको मृत्यू

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा शनिबार दिउँसो करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १ की ९ वर्षीया बालिका र हेटौँडा–१६ की ७ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई हेटौँडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए । हटियास्थित बाटोमा हिँडिरहेका उनीहरु करेन्ट लागेर अचेत अवस्थामा पुगेका थिए । प्रहरीका अनुसार कभर्डहल छेउमा ११ केभी पिन इन्सुलेटर भाँचिएको थियो । उक्त इन्सुलेटर नजिकै रहेको फलामको पोलमा सर्ट भएर जमेको पानीमा विूत प्रवाह भएको प्रहरीले जानकारी दिएको छ । मृत बालिकाहरु सोही पोलको छेउमा हिँडिरहेको अवस्थामा करेन्ट लागेको…
Read More
हेटौँडा बसपार्कमा राष्ट्रिय झण्डा फेरियो

हेटौँडा बसपार्कमा राष्ट्रिय झण्डा फेरियो

मकवानपुर । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडास्थित हेटौंडा बसपार्कको २० फिटको राष्ट्रिय झण्डा फेरिएको छ । राष्ट्रिय प्रजातान्त्र दिवसको अवसरमा फागुन ७ गते राखिएको झण्डा हटाएर १६ फिटको झण्डा राखिएको हो । हेटौंडा १० निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा स्वर्गीय फत्ते नारायण डङ्गोल, हजुरआमा इन्द्रकुमारी डङ्गोल, पिता बालगोपाल डङ्गोलको स्मृतिमा झण्डा राख्न लगाएका हुन् । दशैँको फुलपातीको अवसर पारेर डङ्गोलकी ममतामयी माता लक्ष्मीदेवि डङ्गोलको हातबाट झण्डा फेरिएको दिनेश डङ्गोलले जानकारी दिए । झण्डा फेर्न नगर प्रहरीहरुले सहजीकरण गरेका थिए ।
Read More
मनहरीमा अपाङ्ग भएका व्यक्तिहरुलाई निर्वाह भत्ता वितरण

मनहरीमा अपाङ्ग भएका व्यक्तिहरुलाई निर्वाह भत्ता वितरण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको छ। गाउँपालिकाले वडा दशैको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जसोतसो घरपरिवार चलाउँदै आएका परिवार लाई निर्वाह भत्ता वितरण गरेको हो । पुर्ण अपाङ्गता भएका मानिसलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिदै आएपनि स्थानिय सरकारले अभिभावकत्व गर्नु पर्ने भन्दै यो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले जानकारी दिएका छन्। चाडपर्वमा अपाङ्गता भएका व्यक्तिलाई पनि केही राहत मिलोस् भनि यो कार्यक्रम गरिएको अध्यक्ष कालाखेतीले बताउदै गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई रु ५ हजार ३ सयको दरले निर्वाह भत्ता…
Read More
भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न

भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग भएको छ । कारगारका कैदीबन्दीलाई मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ का अध्यक्ष बखानसिं पाख्रिनको नेतृत्वमा कारागार पुगेको टोलीले खसी र खाद्यान्न सहयोग गरेको हो । विजयादशमीको उपलक्ष्यमा भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको अध्यक्ष पाख्रिनले जानकारी दिए । वडाध्यक्ष पाख्रिन, वडा सदस्यहरु रामप्रसाद चौरेल, सुधारजीत गोले, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा युवा व्यवसायी राजकुमार गोले, नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष सानोकान्छा थिङले बुधबार कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दशैं मनाउन खसी र चिउरा हस्तान्तरण गरेका थिए । वडाध्यक्ष पाख्रिनले कारागारमा रहे पनि दशैंमा शुभकामना आदानप्रदानस“गै भ्रातृत्व सम्बन्ध स्थापित…
Read More
तलब नपाएपछि हेटौँडा सिमेन्टका मजदुरहरु आन्दोलनमा

तलब नपाएपछि हेटौँडा सिमेन्टका मजदुरहरु आन्दोलनमा

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका मजदुरहरुले समयमा तलब नपाएको भन्दै आन्दोलित भएका छन् । धेरै समयदेखि तलब नदिएको भन्दै त्यहाँका मजदुर संगठनले एक विज्ञप्ति जारी गर्दै उद्योगका महाप्रबन्धकको राजिनामा माग गरेका छन् । मजदुरहरुले काम गरेबापत तलब नपाएको, तलब माग गर्दा तलब नदिने, मोबाइल स्वीच अफ गर्ने, लुकिलुकी हिँड्ने महाप्रबन्धकले जिम्मेवारी निभाउन नसकेकोले राजिनामा माग गरिएको विज्ञप्तिमा भनिएको छ । नेपाल औद्योगिक मजदुर सङगठन तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, समग्र उद्योग ट्रेड युनियन नेपाल तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले विज्ञप्ति जारी गर्दै महाप्रबन्धकको राजिनामा माग गरेको नेपाल औद्योगिक मजदुर संगठन तदर्थ समिति हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष…
Read More
सिस्नेरी र कुलेखानीमा ३५ घरधुरीलाई राहत वितरण

सिस्नेरी र कुलेखानीमा ३५ घरधुरीलाई राहत वितरण

मकवानपुर । मकवानपुरको कुलेखानी र सिस्नेरीका गरी ३५ घरधुरीलाई राहत वितरण गरिएको छ । सिस्नेरी ३ को ३० घर र कुलेखानी सुलिकोट २ को ५ घरधुरीलाई राहत वितरण गरिएको हो । गत साता बाढी र पहिरोबाट प्रभावित तथा घरबार बिहिन भएका पीडित परिवारलाई युवा समाजसेवीहरुले राहत बितरण गरेका हुन। यश ५ मकवानपुरका रमेश ठकुरी, दिनेश लामा वाइबा, बिरेन्द्र श्रेष्ठ, सन्तोष बजगाईँ, सुभाष बिष्ट, मन्टु कङ्साकार तथा साथी नागरिक बचाउ महाअभियानका भिम राउत, हातिम मिया, गणेश श्रेष्ठ लगायतका युवाहरुले घटनास्थल पुगेर राहत वितरण गर्न शुरु गरेका हुन् । मकवानपुरमा युवा समुहको तर्फबाट पहिलो पटक राहत पुगेको यस ५ का दिनेश लामा…
Read More
बाढी पहिरोमा परी १ सय ४ जनाको मृत्यु, ७३ घाईते ६४ बेपत्ता

बाढी पहिरोमा परी १ सय ४ जनाको मृत्यु, ७३ घाईते ६४ बेपत्ता

मकवानपुर । बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ४ जनाको मृत्यु भएको छ भने ७३ घाईते र ६४ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीले असोज ११ गतेदेखि असोज १३ गते बिहान ९ बजेको अपडेट अनुसार यी तथ्यहरु सार्वजनिक गरेको हो । अझै पनि यो संख्या बढ्न सक्ने देखिएको छ । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५, पाँचथर ५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र…
Read More
कालिकामाइटोल विकास संस्थाको साधारण सभा सम्पन्न

कालिकामाइटोल विकास संस्थाको साधारण सभा सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेस्थित कालिकामाइ टोल विकास सँस्थाको २० औँ साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको एकवर्षको कर्यकालमा भएका प्रगति प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन पेस गरि सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रमका अवसरमा संस्थाले २१ जना ज्येष्ठ नागरिक, ११ जना एसइइ उत्तीर्ण विद्यार्थी, कालिकामाइ टोल विकास आमा समुह र उत्कृष्ट युवा विधामा इसान रुपाखेतिलाई सम्मान गरेको थियो । त्यस्तै असल ऋणि गोकुल चुनु मगर र खिल कुमारि श्रेष्ठलाई पनि सम्मान गरिस्एको थियो । कार्यक्रम ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता तथा सामाजिक विकास शाखा सदस्य गोमा सिग्देल, गोरख राय, नगर समन्वय समिति सदस्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.