मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा शनिबार दिउँसो करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १ की ९ वर्षीया बालिका र हेटौँडा–१६ की ७ वर्षीया बालिका रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई हेटौँडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए । हटियास्थित बाटोमा हिँडिरहेका उनीहरु करेन्ट लागेर अचेत अवस्थामा पुगेका थिए । प्रहरीका अनुसार कभर्डहल छेउमा ११ केभी पिन इन्सुलेटर भाँचिएको थियो ।
उक्त इन्सुलेटर नजिकै रहेको फलामको पोलमा सर्ट भएर जमेको पानीमा विूत प्रवाह भएको प्रहरीले जानकारी दिएको छ । मृत बालिकाहरु सोही पोलको छेउमा हिँडिरहेको अवस्थामा करेन्ट लागेको हो ।
प्रतिकृया दिनुहोस्