२०८१ भाद्र ७, शुक्रबार १८:१८ गते
२०८१ भाद्र ७, शुक्रबार १८:१८ गते
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा विद्यूतको पोलमा आगलागीको घटना बढ्दै गएको छ । हेटौँडा बजार क्षेत्रका पोलमा बितेको एक महिनामा ५ पटकभन्दा बढी पटक आगलागीका घटना भएका छन् । आज पनि हेटौँडा ४ पारिजात पथमा विद्यूतको पोलमा आगलागी हुँदा अहिले हेटौँडाका केही क्षेत्रमा विद्यूत आपुर्ति बन्द हुनुका साथै ईन्टरनेट सेवा पनि बन्द भएको छ । आज दिउँसो पोलमा विद्यूत सर्ट भइ आगलागी भएपछि ईन्टरनेट सेवा प्रदायकहरुको तारहरुमा समेत ह्वारह्वार्ती आगो लागेको थियो । विद्यूतको पोलमा आगलागी भएको लामो समयसम्म पनि प्राधिकरणमा जानकारी नपुग्दा स्थानीयहरु करेन्ट लागेर थप क्षति हुनसक्ने देखेर आतंकित भएका थिए । हाल त्यस क्षेत्रमा विद्यूत तथा…