मकवानपुर । लागुऔँषध गाँजा चरेश मुद्धामा कैद र जरिवाना तोकी फरार रहेका एक पुरुष पक्राउ परको छन् । जिल्ला प्रहरीका कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटारका ४६ वर्षीय मिलन लामा स्याङ्बो पक्राउ परेका हुन् ।
वि.सं. २०८१ असोज २८ गते अन्दाजी साँझ ५ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत मकवानपुरबाट भएको फैसला कार्यान्वयका लागि स्याङ्बोलाई खोजतलासका क्रममा उनको घरबाटै पक्राउ गरेको हो ।
उनलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्