हेटौँडामा प्रहरी दिवसका अवसरमा सम्मान तथा विविध कार्यक्रम सम्पन्न

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६९ औँ प्रहरी दिवस विविध कार्यक्रमको आयोजना गरी आज हेटौँडामा मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले समुदाय र नेपाल प्रहरीसंगको सहकार्यमा सुरक्षित समाज निर्माण गर्ने कार्यमा प्रभावकारी कार्यान्वयन लगायत विविध प्रहरी कार्यमा पुर्‍याउनु भएको महत्वपूर्ण योगदानको कदर स्वरुप पूर्व प्रहरी कर्मचारी संगठनका जेष्ठ सदस्य ८४ वर्षिय पूर्व प्रहरी सहायक निरीक्षक राम सिंह तामाङ, पूर्व प्रहरी निरीक्षक राम बहादुर हायु, नेशनल गोल्ड टेलिभिजन र टिम टेलिभजनलाई कदर तथा प्रशंसापत्र प्रदान गर्नु भएको थियो ।

विशेष अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले ६९ औ प्रहरी दिवस २०८१ को अवसरमा आयोजित विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम तथा द्वितिय हुने खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा ट्रफि प्रदान गर्नु भएको थियो ।

प्रमुख अतिथि मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले बागमती प्रदेश अन्तर्गत शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा विपद् व्यवस्थापनका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र सहित नगद पुरस्कार एंव प्रहरी काम कारवाहीमा प्रभावकारी योगदान पुर्‍याउनु हुने सर्वसाधरणलाई सम्मान प्रदान गरि बागमती प्रदेश प्रहरीले समग्र बागमती प्रदेशको शान्ति, सुरक्षा कायम राख्नमा गरेको काम कारवाहीको प्रशंसा समेत व्यक्त गर्नु भएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित रक्तदान कार्यक्रममा मुख्यमन्त्री लामा, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजि लुईँटेल, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु गरी जम्मा ४५ जना (महिला ४ र पुरुष ४१ जना) प्रहरी कर्मचारीहरुले रक्तदान गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.