समाचार

हेटौंडामा जिल्ला स्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु

हेटौंडामा जिल्ला स्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडामा प्रथम संस्करणको जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको छ । शनिबारबाट ४ दिनसम्म प्रतियोगिता हुने जनाइएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर मिनाकुमारी लामाले हेटौंडालाई स्नुकरको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उपमहानगरको तर्फबाट विशेष सहयोग हुने बताइन् । उनले उपमहानगरपालिकाबाट सम्पूर्ण खेल क्षेत्रको विकासको लागि काम भइरहेको समेत बताइन् । प्रतियोगितामा मकवानपुर जिल्लाका स्नुकर खेलाडीहरुले सहभागिता जनाएका छन् । बाहिरी जिल्लाले आयोजना गरेको प्रतियोगितामा सहभागी भएर उपाधि जितेको र राष्ट्रियस्तरको च्याम्पियनले प्रतियोगितामा सहभागी भएका खेलाडीले सहभागी हुन नपाउने जनाइएको छ । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता हेटौंडा–४ स्थित बुद्ध…
Read More
चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा यही कात्तिक १४ गते प्रदर्शन हुने भएको छ । चलचित्रको यसअघि नै ३ दिन हेटौँडामा नै विशेष प्रदर्शन समेत गरिएको थियो । चलचित्रका निर्देशक तथा नायक बिनायक तामाङका अनुसार दर्शकहरुको उच्च मागका कारण चलचित्रलाई पून प्रदर्शन गर्न लागिएको हो । चलचित्रकी नायिका तथा निर्मात्री संगिता तितुङले पनि दर्शकहरुको मायाले गर्दा चलचित्रलाई फेरि प्रदर्शन गर्न हौसला मिलेको बताईन् । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) ले विशेष शोमा कलाकारहरुको पनि उपस्थिति रहने बताए । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो…
Read More
हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

मकवानपुर । हेटौंडा जेसीजले विभिन्न कार्यक्रम आयोजना गरी ‘जेसीज सप्ताह २०२४’ मनाएको छ । कार्तिक ६ गतेदेखि ९ गतेसम्म ७ वटा कार्यक्रम आयोजना गरेर जेसीजले जेसीज सप्ताह मनाएको हो । शुक्रबार साँझ रिगल हेटौंडा रिसोर्टमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार सामाजिक संघ संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता जनाउँदै जेसीजले समाजमा पुर्याउँदै आएको योगदानको चर्चा गरे । उनले युवाहरु जेसीजमार्फत् एकतावद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकास समेत गर्दै सामाजिक सेवामा लागेकोमा खुसी व्यक्त गरे । जेसीजको कर्मबाट सिंगो समाजले प्रेरणा…
Read More
हेटौँडा १२ फुटबल प्रतियोगिताः आज २ खेल हुँदै

हेटौँडा १२ फुटबल प्रतियोगिताः आज २ खेल हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगितामा आज २ खेलहरु हुँदैछन् । आयोजक ऋषेश्वर टोल विकास संस्थाका अनुसार आज दिउँसो १ बजे पहिलो खेल र ३ बजे दोस्रो खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेलमा ऋषेश्वर टोल विकास संस्था (बी) र झोलुङ्गे पुल टोल विकास संस्थाबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने खेलमा परिवर्तनशिल टोल विकास संस्था (बी) र आँपधाप टोल विकास संस्थाबिच प्रतिस्पर्धा हुनेछ । खेल रियल स्टार खेल मैदान रमन्टारमा हुँदैछ । टोल विकास संस्थाको तर्फबाट आयुष थापा मगर र साजन पाख्रिनले खेलको संयोजन गर्दैछन् । २०८१…
Read More
हेटौँडाका विभिन्न स्थानमा चोरी गर्ने ८ जना पक्राउ

हेटौँडाका विभिन्न स्थानमा चोरी गर्ने ८ जना पक्राउ

मकवानपुर । हेटौँडाका विभिन्न उद्योग र घरहरुबाट चोरी गर्ने ८ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । हेटौंडा सिमेन्ट उद्योगबाट तार चोर गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् । हेटौंडा ९ लामसुरे स्थित हेटौंडा सिमेन्ट उद्योगको पश्चिम तर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाको तारहरु काटेर चोरी गरेको घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी उपरिक्षक खड्काले बताए । चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा सोधपुछ गर्दा हेटौंडा– १३ बस्ने २८ वर्षीय सन्तबहादुर तितुङलगायत अन्य ५–७ जना व्यक्तिहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरी उद्योग नजिकै…
Read More

नेवारपानीबाट एक युवक पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीस्थित जंगल छेउबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । प्रहरीले करिब १ सय ५ किलोग्राम गाँजासहित हेटौँडा उपमहानगरपालिका वडा ३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा ३ वटा बोराभित्र १० वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला परेपछि गाडीमा सवार उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Read More
हेटौँडामा ३० जनाले गरे रक्तदान, स्लो बाइक रेसमा सदासंकर प्रथम

हेटौँडामा ३० जनाले गरे रक्तदान, स्लो बाइक रेसमा सदासंकर प्रथम

मकवानपुर । हेटौंडा जेसीजले विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम मनाइरहेको छ । जसअन्तरगत आज विहान हेटौंडा–४ हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईँको प्रमुख आतिथ्यतामा भएको हो । रक्तदान कार्यक्रमको संयोजन विकेक बानियाँले गरेका हुन् । त्यस्तै आज विहान नै जेसीजले स्लो बाइक प्रतियोगिता आयोजना गरेको छ । हेटौंडाको सितलमहल चोकमा भएको प्रतियोगितामा सुकदेव सदासंकर प्रथम, गोपाल थापा दास्रो र कमल घलान तेस्रो भएको ‘जेसीज सप्ताह २०२४ का मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले…
Read More
हेटौँडा १९ मा नदि कटान रोक्न बिग बोल्डरिङ

हेटौँडा १९ मा नदि कटान रोक्न बिग बोल्डरिङ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित राप्ती खोलाको कटान रोक्नका लागि बिग बोल्डरिङ्ग गर्ने काम निरन्तर चलिरहेको छ । उक्त कार्यको प्रगतिका विषयमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामासहितको टोलीले निरिक्षण समेत गरेको छ । नगर प्रमुख लामासँगै ९ नम्बर वडाअध्यक्ष सुकराम केसी, १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीसमेतले यसको निरिक्षण गरेको थियो । यस क्षेत्रको ७५० मिटर मध्ये ३२५ मितर माटो र ३१० मिटर बोल्डरीङ्ग गर्ने कार्य नारायणी नदि व्यवस्थापन कार्यालयको लगानीमा सान्नानटार राप्ती नदि तटबन्ध उपभोक्ता समिति मार्फत काम भैरहेको छ ।
Read More
पोलियो दिवसका अवसरमा हेटौँडामा विविध कार्यक्रम हुने

पोलियो दिवसका अवसरमा हेटौँडामा विविध कार्यक्रम हुने

मकवानपुर । रोटरी क्लब अफ मकवानपुरले यसवर्ष पनि पोलियो दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा आउँदो अक्टोबर २४ अर्थात कार्तिक ८ गते विहिबार हेटौंडामा पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिन लागेको जानकारी दिइएको हो । कार्यक्रमको पहिलो दिन कार्तिक ७ गते हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धि सुचनामुलक ब्यानर राखिने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिनुभयो । यसैगरी कार्तिक ८ गते विहिबार विहान ७ वजे साईकल ¥यालीको आयोजना गरिनेछ । मकवानपुर उद्योग वाणिज्य संघ देखि सुरु हुने साईकल…
Read More

हेटौँडाका युवालाई खुकुरी हान्ने २ जना पक्राउ

मकवानपुर । यही कात्तिक ४ गते करिब बिहान ११ः३५ को समयमा हेटौँडाका एक युवालाई खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा मकवानपुर प्रहरीले २ युवकहरुलाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १ जरुवाटोल घर भई हाल वडा नम्बर १० टिसिएन रोड बस्ने वर्ष २२ को रोनक खड्केको हत्या गर्ने उदेश्यसहित खुकुरी प्रहार गरी फरार भएको आरोपमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २९ को बिशाल तामाङ र सोही ठाउँ बस्ने बस्ने वर्ष १८ को एक किशोरलाई कात्तिक ५ गते प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार रोनकलाई डेराकोठामा बसीरहेको अवस्थामा अपरिचित ३ जना मानिसहरु मोटरसाईकलमा आई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.