हेटौँडाका युवालाई खुकुरी हान्ने २ जना पक्राउ

मकवानपुर । यही कात्तिक ४ गते करिब बिहान ११ः३५ को समयमा हेटौँडाका एक युवालाई खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा मकवानपुर प्रहरीले २ युवकहरुलाई पक्राउ गरेको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १ जरुवाटोल घर भई हाल वडा नम्बर १० टिसिएन रोड बस्ने वर्ष २२ को रोनक खड्केको हत्या गर्ने उदेश्यसहित खुकुरी प्रहार गरी फरार भएको आरोपमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २९ को बिशाल तामाङ र सोही ठाउँ बस्ने बस्ने वर्ष १८ को एक किशोरलाई कात्तिक ५ गते प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रोनकलाई डेराकोठामा बसीरहेको अवस्थामा अपरिचित ३ जना मानिसहरु मोटरसाईकलमा आई अश्लिल शब्दहरु प्रयोग गरी ज्यानै मार्ने उदेश्यले धारिलो हतियार (खुकुरी)ले टाउँको, अनुहार,गर्दन तथा शरीरका विभिन्न भागमा पटक पटक प्रहार गरी घाईते बनाई फरार भएका थिए । उनीहरुको पहिचान एवम् खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी ज्यान मार्ने उधोग सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य १ जना फरार व्यक्तिको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.