समाचार

अखिल (क्रान्तिकारी) विद्यार्थी मकवानपुर फोर्सको अध्यक्षमा प्रधान

अखिल (क्रान्तिकारी) विद्यार्थी मकवानपुर फोर्सको अध्यक्षमा प्रधान

मकवानपुर । अखिल (क्रान्तिकारी) विद्यार्थी मकवानपुर फोर्सको दोस्रो भेलाले रोहित प्रधानको संयोजकत्वमा १७ सदस्यीय मकवानपुर जिल्ला फोर्स चयन गरेको छ । फोर्सको जिल्ला सचिवमा दिलिप लामा चयन भएका छन् । फोर्सको सदस्यहरुमा दिलिप लामा, रुपेश कडेंल, रोहन थापामगर, कोशिष चौलागाईं, सुमित देबकोटा, संघर्ष कडेंल, प्रशान्त राई लगायत चयन भएका छन् । भेला नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी)विद्यार्थी मकवानपुर फोर्सका अध्यक्ष अनिल बसेलको अध्यक्षतामा भएको थियो ।
Read More
मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने

मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने

मकवानपुर । मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा न्यौपानेले ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहिणीप्रसाद गौतम(गोपा)ले ५७ मत प्राप्त गरेका थिए । नयाँ कार्यसमितिका लागि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको थियो । एशोसिएसनको उपाध्यक्षमा अनिलदास बानियाँ ८२ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी शिवराज बास्तोलाले ४९ मत मात्र प्राप्त गरेका थिए । १ सय ३४ जना सदस्य रहेको एशोसिएसनमा १ सय ३२ मत खसेको निर्वाचन आयुक्त दिनेश लामाले बताए । एशोसिएसनको अन्य पदाधिकारी तथा सदस्य भने निर्विरोध चयन भएका छन् । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजकुमार दाहाल, महासचिवमा…
Read More
ज्ञानदा माविलाई नमूना विद्यालय बनाउन जोड

ज्ञानदा माविलाई नमूना विद्यालय बनाउन जोड

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक मात्र सामुदायिक विद्यालय ज्ञानदा माद्यामिक हेटौंडा १० को शैक्षिक उन्नति एवं सुधारको लागी शिक्षा समिति एवं शैक्षिक सुधार समिति बैठक बसेको छ । समितिका संयोजक एवम् वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे तामाङको अध्यक्षतामा बसेको बैठकले विद्यालयलाई नमूना बनाउन जोड दिएको छ । विद्यालयका प्राधनाध्यापक, शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षा समिति सदस्यहरु र सामाजिक व्यक्तित्व समेतको उपस्थितिमा भएको बैठकमा विद्यालयको शैक्षिक सुधारको निम्ति आगामी दिनमा कुनै बहानामा कसैलाई छुट नभएको बताइएको थियो । बैठकमा प्रधानाध्यापक लगायत सबै शिक्षकहरु तथा सरोकारवाला सबै पक्षहरुले विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि…
Read More
बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सवमा कसले के भने ?

बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सवमा कसले के भने ?

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशबिना संघीयताको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।विरोधको लागि विरोध गर्नेहरुले मात्र प्रदेश माथि प्रश्न उठाएको उहाँको आरोप थियो । बागमती प्रदेशसभाको सातौँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्नुहँदै मुख्यमन्त्री लामाले प्रादेशिक संरचनाबाट मात्रै विकास हुन्छ भन्ने मान्यतालाई पुष्टि गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको दाबी गर्नुभयो । मुख्यमन्त्री लामाले विगतको सरकारका अधुरा योजनाहरुलाई वर्तमान सरकारले अगाडि बढाउने समेत बताउनुभयो । यसैगरी समारोहमा बोल्नुहुँदै प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रादेशिक संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश संरचनाको बारेमा हुने टिकाटिप्पणीलाई शब्दले भन्दा पनि कामले जवाफ दिनुपर्ने बताउनुभयो । कार्यब्यबस्था…
Read More
प्रथम हेटौँडा–१२ वडाअध्यक्ष कप भलिबल प्रतियोगिता: वडा नम्बर १२, ६ र १७ विजयी

प्रथम हेटौँडा–१२ वडाअध्यक्ष कप भलिबल प्रतियोगिता: वडा नम्बर १२, ६ र १७ विजयी

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडास्थित बुद्ध माविको खेल मैदानमा जारी प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलहरुमा वडा नम्बर १२, ६ र १७ विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा हेटौंडा १२ ले हेटौँडा १३ लाई ३–१ को सेटमा पराजित गरेको थियो । वडा नम्बर १२ ले २०–२५, २५–१०,२५–१९ र २५–१२ को सेटमा जीत निकालेको हो । खेलकोम्यान अफ द म्याच हेटौंडा १२ का उत्सब आले मगर भएको संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिए । त्यस्तै बिहीबार नै भएको दोश्रो खेलमा हेटौंडा ६ ले हेटौंडा १५ लाई ३–० सेटमा…
Read More
मोबाईल एशोसिएसन अफ नेपाल मकवानपुरको  अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने

मोबाईल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने

मकवानपुर । मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने भएको छ । विहीबार भएको उम्मेदवारी मनोनयन दर्तामा दुईदुई जना प्रतिस्पर्धी भएपछि अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने निर्वाचन आयुक्त दिनेश लामाले बताए । अध्यक्ष पदमा हरिप्रसाद न्यौपाने(सागर) र रोहिणीप्रसाद गौतम(गोपाल)ले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपाने हाल वरिष्ठ उपाध्यक्ष हुन् भने गौतम उपाध्यक्ष छन् । त्यस्तै उपाध्यक्ष पदमा भने अनिल दास बानियाँ र शिवप्रसाद बास्तोलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शनिबार हुने १३ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेसनमा यी दुई पदका लागि मतदान हुने भएको हो ।…
Read More
श्याम प्रसाद शर्मा स्मृती प्रतिष्ठानको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने

श्याम प्रसाद शर्मा स्मृती प्रतिष्ठानको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने

मकवानपुर । श्याम प्रसाद शर्मा स्मृती प्रतिष्ठानको पाँचौँ साधारण भेला तथा दोस्रो अधिवेशन हेटौँडा–१० टोनी हेगन पार्कमा बिहीबार सम्पन्न भएको छ । राजनैतिक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा  प्रतिष्ठानका आजीवन सदस्यहरूबीच भएको भेलाले सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । बाँकी ४ सदस्यहरू भने संस्थाको बैठकले मनोनित गर्नेछ ।  सर्वसहमतिमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष इन्द्र प्रसाद नेपाल र पुरुषोत्तम आचार्य, महासचिव सुवास खनाल , सचिव भरत दुलाल, कोषाध्यक्ष शुभलक्ष्मी विक, सदस्यहरू ऋषिराम पोखरेल, अरुण खतिवडा, अनिता न्यौपाने, सन्तोष पौडेल , शान्ति प्रियवन्दना, रामबहादुर थापा र रामबाबु खतिवडा चयन भएका छन् । प्रमुख वक्ताका रुपमा बामपंथी नेता केदार…
Read More
फागुन ६ गतेदेखि १८ गतेसम्म टिसिएन चौरमा व्यापार महोत्सव हुने

फागुन ६ गतेदेखि १८ गतेसम्म टिसिएन चौरमा व्यापार महोत्सव हुने

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडामा व्यापार महोत्सव गर्ने भएको छ । २०७१ सालमा पहिलो पटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो । दोश्रो संस्करणको रुपमा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा १० स्थित टिसिएन चौरमा महोत्सव गर्न लागिएको हो । निर्माण व्यवसायीसंगै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन महोत्सवले योगदान पु¥याउने संघका अध्यक्ष बालगोपल कँडेलले बताए । महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्क कार्यक्रम हुनेछ । निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी र बिक्री समेत गरिने अध्यक्ष कँडेलले…
Read More
ठूलोथलीमा फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुने

ठूलोथलीमा फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुने

मकवानपुर । पदमपोखरी ठुलोथलीमा आगामी फागुन २ गते वृहत ल्होछार कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ ठुलोथलीमा वृहत ल्होछार कार्यक्रम हुने भएको हो । सातौं संस्करणको रुपमा ठुलोथली गुम्बाडाँडा सोनाम ल्होछार बृहत साँस्कृतिक गरिने मूल समारोह समितिका संयोजक मदन बल लामाले बुधबार पत्रकार सम्मेलन आयोजना गरि बताएका छन् । नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतीका साथ ल्होछार मनाइने लामाले बताए । कार्यक्रममा करिब ९ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । हेटौंडा उपमहानगर, वडा नम्बर १३ र संस्कृति तथा पर्यटन मन्त्रालयले केही बजेट उपलब्ध गराएपनि सहयोगी दाताहरुको साथ सहयोगले…
Read More
विवाहयोग्य उमेर २० वर्ष यथावत राख्न माग

विवाहयोग्य उमेर २० वर्ष यथावत राख्न माग

मकवानपुर । नेपालमा विवाहको कानूनी उमेर घटाउने विषयमा भइरहेको छलफलप्रति मकवानपुरका सामाजिक संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। हाल कायम २० वर्षको विवाहयोग्य उमेरलाई यथावत् राख्न माग गर्दै संघसंस्थाहरूले प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन्। सामाजिक संस्थाहरूको तर्क अनुसार, २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुले किशोर-किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक परिपक्वता, र भविष्यमा गम्भीर असर पार्न सक्छ। कम उमेरमा गर्भधारण गर्दा आमाको स्वास्थ्य जोखिममा पर्नुका साथै नवजात शिशु मृत्युदर बढ्ने सम्भावना पनि रहने उल्लेख छ। साथै, बालविवाहले किशोरीहरूलाई आधारभूत अधिकारबाट वञ्चित गर्दै हिंसा, बालश्रम, र मानव बेचबिखनको जोखिम बढाउने निष्कर्ष पनि निकालिएको छ। प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.