मकवानपुर । अखिल (क्रान्तिकारी) विद्यार्थी मकवानपुर फोर्सको दोस्रो भेलाले रोहित प्रधानको संयोजकत्वमा १७ सदस्यीय मकवानपुर जिल्ला फोर्स चयन गरेको छ ।
फोर्सको जिल्ला सचिवमा दिलिप लामा चयन भएका छन् । फोर्सको सदस्यहरुमा दिलिप लामा, रुपेश कडेंल, रोहन थापामगर, कोशिष चौलागाईं, सुमित देबकोटा, संघर्ष कडेंल, प्रशान्त राई लगायत चयन भएका छन् ।
भेला नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी)विद्यार्थी मकवानपुर फोर्सका अध्यक्ष अनिल बसेलको अध्यक्षतामा भएको थियो ।
प्रतिकृया दिनुहोस्