ज्ञानदा माविलाई नमूना विद्यालय बनाउन जोड

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक मात्र सामुदायिक विद्यालय ज्ञानदा माद्यामिक हेटौंडा १० को शैक्षिक उन्नति एवं सुधारको लागी शिक्षा समिति एवं शैक्षिक सुधार समिति बैठक बसेको छ । समितिका संयोजक एवम् वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे तामाङको अध्यक्षतामा बसेको बैठकले विद्यालयलाई नमूना बनाउन जोड दिएको छ ।

विद्यालयका प्राधनाध्यापक, शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षा समिति सदस्यहरु र सामाजिक व्यक्तित्व समेतको उपस्थितिमा भएको बैठकमा विद्यालयको शैक्षिक सुधारको निम्ति आगामी दिनमा कुनै बहानामा कसैलाई छुट नभएको बताइएको थियो ।

बैठकमा प्रधानाध्यापक लगायत सबै शिक्षकहरु तथा सरोकारवाला सबै पक्षहरुले विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि कुनै कसर बाँकी नराख्ने रजिम्मेवार भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.