समाचार

बागमती प्रदेशमा जनमुखी काम गर्न मातहतका प्रमुखलाई निर्देशन

बागमती प्रदेशमा जनमुखी काम गर्न मातहतका प्रमुखलाई निर्देशन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मन्त्रालय र मातहतका निकायहरुलाई आसपी समन्वय बढाउँदै जनमुखी र परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतका परिषद्हरुको आर्थिक वर्ष २०८१र८२ को योजना तथा कार्यक्रमकोे समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एकजुट भएर काम गर्दा उत्कृष्ट नतिजा निकाल्न र समाजमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने भन्दै आसपी समन्वय बढाउनुपर्नेमा जोड दिए । उनले जनताले सेवाको गुणस्तर अनुभूति गर्नका लागि सेवा प्रक्रिया र वितरणमा सुधार ल्याउँदै कागजी कारबाहीलाई सरल एवम् पारदर्शी बनाउनुपर्ने बताए । उनले कर्मचारीको कार्य प्रदर्शनको मूल्याङ्कन गरी उचित प्रोत्साहन दिइनेसमेत बताए । उनले प्रदेश खेलकुद विकास परिषद् र युवा…
Read More
हेटौंडा–१४ बालमैत्री वडा घोषणा हुँदै

हेटौंडा–१४ बालमैत्री वडा घोषणा हुँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बुधवार पत्रकार सम्मेलनमार्फत् विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै यही माघ २५ गते उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । यस कार्यका लागि वडाध्यक्ष दिपक खड्काको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र सो समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष खड्काले जानकारी दिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वडा नम्वर– १४ स्थित श्री भृकुटी मा.विमा कार्यक्रम गर्न लागिएको अध्यक्ष खड्काले बताए । उनका अनुसार, वडामा क्रियाशील बालमैत्री…
Read More
हेटौँडामा हुन लागेको व्यापार मेलाबारे व्यवसायी संघहरूको आपत्ति

हेटौँडामा हुन लागेको व्यापार मेलाबारे व्यवसायी संघहरूको आपत्ति

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडामा आयोजना गर्न लागेको व्यापार मेलाबारे मकवानपुरका विभिन्न व्यवसायी संघहरूले विरोध जनाएका छन्। मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकासँग समन्वयबिना मेला आयोजना गरिएको भन्दै व्यवसायीहरू आक्रोशित भएका हुन्। कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुर, मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर, जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर, मकवानपुर अटोमोबाइल व्यवसायी संघ मकवानपुर, मकवानपुर घरेलु व्यवसायी संघ, मकवानपुर इलेक्ट्रोनिक्स व्यवसायी संघ र मकवानपुर भाडा व्यवसायी संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । मकवानपुर उद्योग वाणिज्य संघले यसअघि नै स्थानीय व्यवसायलाई प्रोत्साहित गर्ने नीति लिएको हुँदा, बाह्य तत्वहरूसँग सहकार्य नगरी…
Read More
मुख्यमन्त्री लामाले राजनीतिक परिवर्तनमा संचार जगतलाई सम्झिए

मुख्यमन्त्री लामाले राजनीतिक परिवर्तनमा संचार जगतलाई सम्झिए

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ठुला राजनीतिक परिवर्तनहरुमा सञ्चारजगतको ठुलो भुमिका रहेको बताउनुभएको छ । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार र सम्मान वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले दुरदराजमा रहेका जनतालाई निर्वाचन र आन्दोलनको बारे सुसचित गराउन रेडियोले ठुलो भुमिका खेलेको बताउनुभयो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि सञ्चारजगत प्रजातन्त्रको महत्वपूर्ण सम्पत्ति भएको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले प्रविधिमा भएको विकासले सञ्चार क्षेत्रमा ठुलो चुनौती थपिएको जिकिर गर्नुभयो । सत्य तथ्यबुझी कसैप्रति पूर्वाग्रह नगखी समाचारहरु सम्प्रेषण गर्न पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा रेडियो मकवानपुरले सामुदायिक सम्मान २०८१ बाट २ जनालाई…
Read More
हेटौँडा १५ बालमैत्री  घोषणा, अब १४ नम्बर वडामात्रै  बाँकी

हेटौँडा १५ बालमैत्री घोषणा, अब १४ नम्बर वडामात्रै बाँकी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई आउँदो फागुन १ गते बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तर्गत हेटौंडा–१५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले वडा नम्बर १५ लाई १८ औँ बालमैत्री वडाका रुपमा घोषणा गरेकी हुन् । कार्यक्रममा नगरका उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष सहित जनप्रतिनिधि, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, स्थानीयहरुको सहभागीता रहेको थियो । १९ वडा रहेको उपमहानगरपालिकामा अब १४ नम्बर वडालाई मात्रै बालमैत्री घोषणा गर्न बाँकी रहेको छ । यस वडालाई आगामी माघ २५ गते बालमैत्री घोषणा गरिने योजना छ ।
Read More
हेटौंडाबाट बागमती प्रदेशको एचपिभी विरुद्धको खोप अभियान सुरु

हेटौंडाबाट बागमती प्रदेशको एचपिभी विरुद्धको खोप अभियान सुरु

मकवानपुर । हेटौंडा– १ स्थित ज्ञानदा माध्यामिक विद्यालयबाट बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गर्दै खोप अभियानको शुभारम्भ गर्नुभएको हो । खोप अभियानको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री लामाले अझै पनि महिलाहरुले समस्या लुकाएर बस्ने गरेको बताउनुभयो । विशेष गरी दुर्गम भेगका महिलाले समाजबाट अपहेलित हुने डरले पीडा लुकाएर बस्ने गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले स्वास्थ्य समस्यालाई लाजको विषय नबनाउन आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सर्ने भन्दा नसर्ने रोगको स्थिती भयावह बन्दै गएको…
Read More
इन्द्रसरोवर गाउँपालिकाका खोखो खेलाडी राजन बललाई सम्मान

इन्द्रसरोवर गाउँपालिकाका खोखो खेलाडी राजन बललाई सम्मान

मकवानपुर । खोखो विश्वकप प्रतियोगितामा रजत पदक विजेता खेलाडी राजन बललाई सम्मान गरिएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–२ द्वारा आयोजित खेलकुद कार्यक्रममा खेलाडी बललाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडी बललाई सम्मान पत्र हस्तान्तरण गर्दै आगामी खेल जीवन अझ सफल होस भन्दै शुभकामना दिए । खेलाडी बल इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ का स्थायी बासिन्दा हुन् । मन्त्री महर्जनले खेल क्षेत्र तथा खेलाडीहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै प्रसंशा गरे । उनले युवा तथा खेलकुद मन्त्रालय खेल क्षेत्रको विकास र खेलमार्फत् प्रदेश र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा…
Read More
ठाडोखोलामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

ठाडोखोलामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा २ फागुन २०८१ मा कार्यक्रम आयोजना गरिने जनाएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिनुको साथै तामाङ विज्ञद्वारा संस्कृतिबारे जानकारी दिइने जनाइएको छ । तामाङ मौलिक भेषाभुषा तथा प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने मनहरी २ का अध्यक्ष राजकुमार पाख्रीनले जानकारी दिए । कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । खेलकुद विकास समिति…
Read More
हेटौँडाको डम्पिङ साईटको समस्या समाधान गर्न अल्टिमेटम

हेटौँडाको डम्पिङ साईटको समस्या समाधान गर्न अल्टिमेटम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका राप्ती तट भुटनदेवी सामुदायिक वन स्थित फोहोर डम्पिङ साइडले नगरवासीहरुको स्वास्थ्यमा पारेको प्रभावलाई न्यूनिकरण गर्न माग गर्दै अल्टिमेटम बुझाइएको छ । डम्पिङ साईड दीर्घकालीन समस्या समाधान संघर्ष समिति हेटौंडाले हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्लाअधिकारी तिर्थराज चिलुवाल, डिभिजन वन कार्यालय हेटौंडा प्रमुख राकेश प्रसाद चन्द्रवंशी र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष फुर्वा दोर्जे तामाङलाई अल्टिमेटम बुझाएको हो । माघ ११ गते राति आगलागी पश्चात् वायु प्रदुषण र त्यसबाट विशेषगरी आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष असरको विषयलाई लिएर समिति गठन भएको थियो । समितिका संयोजक सोमबहादुर लामाको टोलीले अल्टिमेटम पत्र बुझाउँदै समस्या…
Read More
प्रेस चौतारी मकवानपुर अध्यक्षमा सरिता, उपाध्यक्षमा शिव र प्रतिक्षा

प्रेस चौतारी मकवानपुर अध्यक्षमा सरिता, उपाध्यक्षमा शिव र प्रतिक्षा

मकवानपुर । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन भएकी छिन् । शनिबार भएको ९ औं अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएकी हुन् । समितिको उपाध्यक्षमा शिवप्रसाद चौलागाई र प्रतिक्षा न्यौपाने, सचिवमा नविन तिमल्सिना, कोषाध्यक्षमा अशोक बजगाई, सहसचिवमा मनील महतो र सुमन दाहाल चयन भएका छन् । समितिको सदस्यहरुमा सञ्जिव सुनार, निशा गुरुङ, सरोज पौडेल,रामकुमार दानी, स्मीता अर्जेल र सुरेश गुरुङ निर्विरोध चयन भएका छन् । शनिबार सहमती नजुटे पछि आइतबार दिउँसो दाहालको नेतृत्वमा नयाँ समिति बनेको हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.