मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने

मकवानपुर । मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा न्यौपानेले ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहिणीप्रसाद गौतम(गोपा)ले ५७ मत प्राप्त गरेका थिए ।

नयाँ कार्यसमितिका लागि अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको थियो । एशोसिएसनको उपाध्यक्षमा अनिलदास बानियाँ ८२ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी शिवराज बास्तोलाले ४९ मत मात्र प्राप्त गरेका थिए । १ सय ३४ जना सदस्य रहेको एशोसिएसनमा १ सय ३२ मत खसेको निर्वाचन आयुक्त दिनेश लामाले बताए ।

एशोसिएसनको अन्य पदाधिकारी तथा सदस्य भने निर्विरोध चयन भएका छन् । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजकुमार दाहाल, महासचिवमा मिलन स्याङ्तान, सचिवमा सुमन रायमाझी, कोषाध्यक्ष प्रवेश चापागाईं सहकोषाध्यक्ष पुष्पराज गौतम निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पुकुमार केशरी, सन्तोष दाहाल, अदाम हुसेन मसुरी र निरोज रिमाल रहेको आयुक्त लामाले बताए । १५ सदस्यीय कार्यसमितिमा बाँकी २ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

एशोसिएसनका अध्यक्ष नवराज चौलागाईको अध्यक्षतामा शनिबार १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एकल महिला भएर पनि मोवाईल व्यवसायमा सक्रिय रहेकी अनिता राई, सञ्चारकर्मी श्रीराम अर्जुनलाई नगद सहित सम्मान गरिएको थियो भने दशै तिहार बम्पर उपहार योजना कार्यक्रममा सहयोग पुर्याएको भनी एसके सप्लार्यसका सञ्चालक कृष्णसागर श्रेष्ठलाई कदरपत्र सहति सम्मान गएिको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.