समाचार

बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे चयन

बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे चयन

मकवानपुर । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न परिषद्को १०औं अधिवेशनले घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिमा सङ्गम चौलागाईं उपाध्यक्ष, दिपक अधिकारी सचिव, तथा काजिराम मोक्तान र समुन्द्र खनाल सह–सचिव चयन भएका छन्। राधिका शर्मा कोषाध्यक्ष बन्नुभएको छ। त्यस्तै, सदस्यहरुमा रविन ढुंगाना, नवीन मिश्र, बिनय मिश्र, उद्दव सापकोटा, रमेशमोहन अधिकारी, सङ्गिता पुडासैनी, रामचन्द्र फुँयाल, उत्तम उप्रेती, सुरेश रेग्मी, रामप्रसाद साह, टीका प्रसाद कँडेल, सुर्यप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद लामिछाने, रमिता चौलागाईं, देवराज कोइराला, प्रेम हमाल, प्रतिमा गौतम, र शम्भु प्रसाद हुमागाईं चयन भएका छन्। अधिवेशन…
Read More
हेटौंडामा अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियोगिता सुरु

हेटौंडामा अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-५ क्याम्पा रंगशालामा बुधबारदेखि स्वर्गीय अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा उपमहानगरका १० टिमहरूको सहभागिता रहेको छ। विजेताले १ लाख रुपैयाँ नगद, उपविजेताले ७० हजार रुपैयाँ नगद, साथै विभिन्न बिधागत पुरस्कार पाउने छन्। प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुने छ। उद्घाटन कार्यक्रममा स्वर्गीय अनुपमका बुवा तथा जिसस मकवानपुरका प्रमुख ललित घलान, आमा ललिता घलान, हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, १५ नम्बर वडाअध्यक्ष सुनिल मोक्तान लगायतका विभिन्न जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Read More
सुनुवार सेवा समाज मकवानपुरको नेतृत्वमा अर्जुनबहादुर सिकारी

सुनुवार सेवा समाज मकवानपुरको नेतृत्वमा अर्जुनबहादुर सिकारी

मकवानपुर । सुनुवार सेवा समाज मकवानपुरको प्रथम जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको छ । बुधबार हेटौंडामा भएको सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार, सदस्यहरुमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार, लक्ष्मी सिकारी सुनुवार, सीता सुनुवार, प्रेमबहादुर सिकारी सुनुवार र नीता सिकारी सुनुवार रहेका छन् । त्यस्तै, उर्मिला सिकारी सुनुवार र ईश्वरी बहादुर सिकारी सुनुवारलाई सम्मेलनले सुनुवार सेवा समाजको प्रदेश तथा संघ प्रतिनिधि चयन गरेको छ । प्रथम जिल्ला सम्मेलनबाट निर्वाचित सबैलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए । साथै, सुनुवार…
Read More
सहिदहरूको स्मरण : प्रदेश प्रमुख देवकोटाको शुभकामना

सहिदहरूको स्मरण : प्रदेश प्रमुख देवकोटाको शुभकामना

मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्। बुधबार जारी सन्देशमा उनले देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै, स्वतन्त्रता र राष्ट्रहितका लागि बलिदान दिने वीर सहिदहरूको उच्च सम्मानका साथ स्मरण गरेका छन्। उनले २००७ साल फागुन ७ लाई नेपालको इतिहासमा महत्त्वपूर्ण दिनको रूपमा उल्लेख गर्दै भने, "यस दिन नेपाली जनताले निरंकुश जहाँनिया राणा शासनको अन्त्य गर्दै नयाँ युगको सुरुआत गरेका थिए।" प्रदेश प्रमुख देवकोटाले सबै राजनीतिक दलहरूलाई पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको अभियानमा होमिन आग्रह गरेका छन्। उनले भने, "हामीले…
Read More
नेपाल सरकारलाई विद्यार्थीको सुरक्षाको सुनिश्चितता गर्न आग्रह–वरिष्ठ नेता खनाल

नेपाल सरकारलाई विद्यार्थीको सुरक्षाको सुनिश्चितता गर्न आग्रह–वरिष्ठ नेता खनाल

मकवानपुर । भारतको ओडिशा स्थित किट (KIIT) विश्वविद्यालयको छात्रावासमा रुपन्देहीका एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको घटनाले नेपाली समुदायमा गहिरो शोक छाएको छ। मृतक विद्यार्थीका परिवार, साथीहरू तथा नेपालका विभिन्न क्षेत्रबाट घटनाको निष्पक्ष छानबिनको माग उठिरहेको छ। पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले सामाजिक सञ्जालमार्फत उक्त घटनामा गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकारलाई नेपाली विद्यार्थीहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्न आग्रह गरेका छन्। खनालले विश्व विद्यालय प्रशासनलाई घटनाबारे स्पष्ट जानकारी दिन, दोषीमाथि कारबाही गर्न र नेपाल सरकारलाई आवश्यक पहल गर्न अनुरोध गरेका छन्। उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूका सुरक्षासम्बन्धी विषयलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै दुवै देशका सरकारबीच उच्चस्तरीय संवाद…
Read More
गृहमन्त्री लेखक हेटौँडामा : सरकार लगानी मैत्री भएको दाबी

गृहमन्त्री लेखक हेटौँडामा : सरकार लगानी मैत्री भएको दाबी

मकवानपुर । गृहमन्त्री रमेश लेखकले देशलाई समृद्धि र सुशासनतर्फ अघि बढाउन वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ। संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने सरकारको प्राथमिक लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो। मंगलबारदेखि हेटौंडामा सुरू भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को उद्घाटन गर्दै गृहमन्त्री लेखकले निजी क्षेत्रको सहभागितासहित लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। आर्थिक गतिविधि प्रवर्द्धन गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाइरहेको उहाँको भनाइ छ। व्यवसायिक वातावरण सुनिश्चित गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पार्दै उहाँले निर्माण व्यवसायीहरूको भुक्तानी प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो। निर्माण व्यवसायीहरूलाई आफ्नो कार्यमा लगनशील रहन आग्रह गर्दै…
Read More
प्रेस सेन्टर बागमती प्रदेशको नेतृत्व मकवानपुरका अधिकारीलाई

प्रेस सेन्टर बागमती प्रदेशको नेतृत्व मकवानपुरका अधिकारीलाई

मकवानपुर। प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका ध्रुव अधिकारी चयन भएका छन् । सेन्टर बागमतीको सिन्धुपाल्चोकमा सम्पन्न पाँचौं अधिवेशनले सर्वसम्मत रुपमा अधिकारीलाई नेतृत्वको जिम्मा दिइएको हो। यस्तै, सेन्टरको उपाध्यक्ष खुलामा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अन्जली तामाङ, महासचिवमा नवीन श्रेष्ठ, सचिव खुलामा सुमन गैरे, सचिव खुलामा मणि सुन्दर कोइराला चयन भएका छन्। यसैगरी, सचिव जनजातिमा रोजन तामाङ, सचिव महिलामा भावना रिजाल, सचिव दलितमा गम्भीर विक, कोषाध्यक्षमा राजेन्द्र गजुरेल, लेखा संयोजकमा बाल गोविन्द न्यौपाने, अनुशासन संयोजकमा मिना श्रेष्ठ लगायतका चयन भएका छन्।
Read More
हेटौँडामा आजदेखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

हेटौँडामा आजदेखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

मकवानपुर । हेटौँडामा आजदेखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघ मकवानपुरले महोत्सव तयारी सम्पन्न भएको जानकारी गराएको छ। १० वर्षपछि पुनः आयोजना हुन लागेको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्नेछन्। उद्घाटन समारोहमा सबैलाई निःशुल्क प्रवेशको सुविधा प्रदान गरिनेछ। महोत्सवमा ३५० भन्दा बढी स्टल रहनेछन्, जसमा निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी तथा उपभोक्ताहरूको सहभागिता रहनेछ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष सहुलियतस्वरूप स्टल भाडामा ५० प्रतिशत छुट दिइएको छ। निर्माण उपकरण तथा औद्योगिक व्यवसाय प्रवर्द्धनका लागि विशेष अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिनेछ। यसले व्यवसायी, बिक्रेता र…
Read More
एन्टारटिक बिस्कुट उद्योगमा ९७ श्रमिक निष्कासन, आन्दोलन चर्किंदै

एन्टारटिक बिस्कुट उद्योगमा ९७ श्रमिक निष्कासन, आन्दोलन चर्किंदै

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रा.लि. द्वारा ९७ श्रमिकलाई निष्कासन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन सुरु भएको छ। श्रम ऐनअनुसार परिक्षण अवधि पूरा गरेका श्रमिकलाई स्थायी नियुक्ति गर्ने सहमति उद्योगले गरेको थियो। तर, आफ्नै लिखित प्रतिबद्धता उल्लंघन गर्दै श्रमिकलाई निष्कासन गरेपछि उद्योगमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। फागुन १ गतेदेखि जारी आन्दोलनलाई श्रमिकहरूले थप चर्काउने चेतावनी दिएका छन्। व्यवस्थापन पक्षले गैरकानुनी तरिकाले अनुचित श्रम अभ्यास गरेको आरोप लगाइएको छ। पीडित श्रमिकहरूका अनुसार, उद्योग व्यवस्थापनले गलत मनसायका साथ आफूहरूलाई हटाएको छ। नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आन्दोलनको नेतृत्व गरिरहेका मजदुर नेताहरूलाई अनावश्यक आरोप लगाई निष्कासन गर्नु श्रम ऐन विपरीतको…
Read More
पशु सेवा कार्यालय मकवानपुरद्वारा तस्करीका गोरु बोकेको ट्रक नियन्त्रण

पशु सेवा कार्यालय मकवानपुरद्वारा तस्करीका गोरु बोकेको ट्रक नियन्त्रण

मकवानपुर । हेटौँडाबाट बारातर्फ गइरहेको २५ २५ वटा गोरु बोकेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। बागमती प्रदेश ०३–००१ ख १४२४ नम्बरको उक्त ट्रकलाई बाराको पथलैयाबाट नियन्त्रणमा लिइएको हो। हेटौँडा–१५ स्थित रातोमाटे चौकीमा रोक्ने प्रयास असफल भएपछि पशु सेवा कार्यालयको टोलीले पछ्याउँदै पथलैयामा ट्रकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए। सोमबार दिउँसो पत्रकार सम्मेलनमा प्रमुख ठाकुरले प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार भएपछि मात्र ट्रक नियन्त्रणमा लिन सफल भएको बताए। सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको उनले जनाए। अनुसन्धानका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.