पशु सेवा कार्यालय मकवानपुरद्वारा तस्करीका गोरु बोकेको ट्रक नियन्त्रण

मकवानपुर । हेटौँडाबाट बारातर्फ गइरहेको २५ २५ वटा गोरु बोकेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश ०३–००१ ख १४२४ नम्बरको उक्त ट्रकलाई बाराको पथलैयाबाट नियन्त्रणमा लिइएको हो। हेटौँडा–१५ स्थित रातोमाटे चौकीमा रोक्ने प्रयास असफल भएपछि पशु सेवा कार्यालयको टोलीले पछ्याउँदै पथलैयामा ट्रकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए।

सोमबार दिउँसो पत्रकार सम्मेलनमा प्रमुख ठाकुरले प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार भएपछि मात्र ट्रक नियन्त्रणमा लिन सफल भएको बताए। सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको उनले जनाए।

अनुसन्धानका क्रममा गोरुहरूलाई सलार्हीको नवलपुरमा दुई दिन राखेर त्यसपछि अर्को ट्रकमार्फत बंगलादेश पठाउने योजना रहेको खुलेको छ। गोरुहरू लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौँडाको नाममा खरीद गरिएको देखाइएको छ। प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल तयार पारेर कृषि प्रयोजनको रूपमा कागजात प्रस्तुत गरिएको प्रमुख ठाकुरले जानकारी दिए।

यसअघि, ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्क वापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको थियो। उपमहानगरपालिकाले गाईगोरु ढुवानीका लागि प्रतिगोटा २ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.