२०८१ फाल्गुन ५, सोमबार ११:०२ गते
२०८१ फाल्गुन ५, सोमबार ११:०२ गते
मकवानपुर – हेटौंडा र काठमाडौंलाई जोड्ने छोटो दूरीको देउराली–फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द रहने भएको छ। इन्द्रसरोवर गाउँपालिका-५ ले सार्वजनिक गरेको सूचनाका अनुसार, सडक निर्माण तथा स्तरोन्नतिको कार्यलाई तीव्रता दिन फागुन ४ गतेदेखि चैत २१ गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिनेछ। यस अवधिमा सो मार्ग हुँदै सञ्चालन हुने सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।