प्रजिअ चिलुवालको मकवानपुरबाट सरुवा

मकवानपुर । मकवानपुरका चिलुवालको सरुवा भएको छ । उनको सरुवा भएसँगै निर्माण व्यवसायी संघ मकवानपुरले चिलुवालसँग छलफल कार्यक्रम गरेको छ । संघमा प्रजिअ चिलुवालको फेरि भेटौला तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर विश्वराज खड्का र सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहको स्वागत कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा जिल्लाको शान्ति सुरक्षालगायतका विषयमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निर्माण व्यवसायीले गरेको कामको समयमा भुक्तानी पाउनुपर्ने र यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले सुशासनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माण विकासको मेरुदण्डभएको बताउनुभयो ।

संघका अध्यक्ष बाल गोपाल कंडेल र पूर्व अध्यक्ष आनन्दराम पराजुलीले संघले निर्माण व्यवसायीको हक हितसँगै सामाजिक उत्तरदायित्वको काम गर्दै आउनुभएको भन्दै निर्माण उद्योगसँगै यस क्षेत्रको समग्र आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवको आयोजन गरिएको बताउनुभयो । गत जेठमा सरुवाभई हेटौँडा आउनुभएका प्रजिअ चिलुवाल अर्थ मन्त्रालय सरुवा भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.