प्रेस सेन्टर बागमती प्रदेशको नेतृत्व मकवानपुरका अधिकारीलाई

मकवानपुर। प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका ध्रुव अधिकारी चयन भएका छन् । सेन्टर बागमतीको सिन्धुपाल्चोकमा सम्पन्न पाँचौं अधिवेशनले सर्वसम्मत रुपमा अधिकारीलाई नेतृत्वको जिम्मा दिइएको हो।

यस्तै, सेन्टरको उपाध्यक्ष खुलामा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अन्जली तामाङ, महासचिवमा नवीन श्रेष्ठ, सचिव खुलामा सुमन गैरे, सचिव खुलामा मणि सुन्दर कोइराला चयन भएका छन्।

यसैगरी, सचिव जनजातिमा रोजन तामाङ, सचिव महिलामा भावना रिजाल, सचिव दलितमा गम्भीर विक, कोषाध्यक्षमा राजेन्द्र गजुरेल, लेखा संयोजकमा बाल गोविन्द न्यौपाने, अनुशासन संयोजकमा मिना श्रेष्ठ लगायतका चयन भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.