२०८२ असार १६, सोमबार २१:१४ गते
२०८२ असार १६, सोमबार २१:१४ गते
हेटौंडा । जलवायु परिवर्तन र यसको असरबारे बागमती प्रदेशका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रम बढ्दै गएको र यसले वातावरणदेखि कृषि, जलस्रोत, मानव स्वास्थ्यसम्म गम्भीर असर पुर्याइरहेको बताए। उनले भने, “जुन गर्मी हिजो असहज लाग्दैनथ्यो, आज साह्रै गाह्रो भइरहेको छ। मौसमले आफ्नो ताल छाड्न थालेको छ—वर्षा बेलामा नहुने, नहुने बेलामा झन् डुबाउने। कहिले सुख्खा, कहिले बाढी। यो सबै जलवायु परिवर्तनका लक्षण हुन्।” मन्त्री सिल्वालले समस्याको…