समाचार

नयाँ वर्षमा सिमलटारका बिपन्नलाई झुल

नयाँ वर्षमा सिमलटारका बिपन्नलाई झुल

हेटौंडा / हेटौंडा उपमहानगर पालिकाको ११ नम्बर वडास्थित सिमलटारका बिपन्न परिवारलाई डेन्ङ्गु बाट बचाउने उदेस्यले झुल बितरण गरिएको छ । एसडिए चर्चको तर्फबाट सिमलटारका १ सय जना बिपन्न परिवारका सदस्यलाई नयाँ वर्षको अवसर पारेर झुल बितरण गरिएको सिमलटार टोलबिकास संस्थाका उपाध्यक्ष छेगु गोलेले जानकारी दिए । सिमलटार टोलबिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको सभाद्यक्षतामा भएको झुल बितरण कार्यक्रममा एसडिए चर्चका केन्द्रिय अध्यक्ष डाक्टर शैलेस दिनदियालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चका महासचिव राजेश भण्डारी , जिल्ला अध्यक्ष लालबहादुर मगर , सिमलटार टोलबिकास संस्थाका पुर्व अध्यक्ष मधुकुमार थापा मगर , सिमलटार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनी लगायतकाको उपस्थिति रहेको थियो ।
Read More
हेटौँडामा अघोषित लोडसेडिङविरुद्ध रास्वपाको ज्ञापनपत्र

हेटौँडामा अघोषित लोडसेडिङविरुद्ध रास्वपाको ज्ञापनपत्र

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा क्षेत्रका विभिन्न स्थानमा भइरहेको अघोषित लोडसेडिङविरुद्ध नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखामा ज्ञापनपत्र बुझाएको छ। रास्वपाका RAT संयोजक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हेटौंडा क्षेत्र, आसपासको बजार र अन्य क्षेत्रहरूमा दिन र रातको समयमा पटक–पटक लोडसेडिङ हुँदा सर्वसाधारणदेखि व्यापार व्यवसायमा समेत गम्भीर असर परेको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा विद्युत आपूर्ति व्यवस्थापनमा देखिएको चरम बेवास्ता र लापरवाहीले जनजीवन कष्टकर बनेको भन्दै तत्काल समाधान गर्न माग गरिएको छ। साथै, तत्काल सुधार नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ। ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखाका वितरण प्रमुख शिवराम यादवले अबदेखि लोडसेडिङ नहुने…
Read More
हेटौंडा अस्पताल जोगाउन नागरिक दबाब, ९ वटा संगठनको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक

हेटौंडा अस्पताल जोगाउन नागरिक दबाब, ९ वटा संगठनको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध ९ वटा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। वैशाख १ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले हेटौंडा अस्पताललाई स्वतन्त्र अस्तित्वमा सञ्चालन गर्न माग गरेका छन्। अखिल (समाजवादी) मकवानपुरका अध्यक्ष सुबास सी, समाजवादी विद्यार्थी युनियन मकवानपुरका अध्यक्ष सोम गोले, अनेरास्ववियु मकवानपुरका अध्यक्ष अरुण बर्तौला, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्ध अर्याल, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष किरणमान बल, युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष रमेश सी, RAT मकवानपुरका संयोजक महेशकुमार श्रेष्ठ, नेपाल तरुण दल हेउनपा मकवानपुरका उपाध्यक्ष हेमन्त थापा र समाजवादी युवा संघका सचिव ज्ञानबहादुर…
Read More
बकैया गाउँपालिकामा ५९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

बकैया गाउँपालिकामा ५९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

हेटौंडा । भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिका गाउँकार्यपालिकाको संयुक्त आयोजनामा बकैया गाउँपालिकाका भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। बकैया गाउँपालिकाको वडा नं. ४ र वडा नं. ७ का गरी कुल ५९ जनालाई लालपुर्जा वितरण गरिएको हो। वडा नं. ४ को गाउँब्लकबाट १९ जनालाई र वडा नं. ७ का भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका ४० जनालाई लालपुर्जा प्रदान गरिएको कार्यक्रमका आयोजकहरूले जनाएका छन्। विशेष समारोह गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा प्रतिनिधिसभा…
Read More
हेटौंडा अस्पताललाई एकलौटी बनाउन खोजेको भन्दै दलहरूको विरोध

हेटौंडा अस्पताललाई एकलौटी बनाउन खोजेको भन्दै दलहरूको विरोध

हेटौंडा । हेटौंडा अस्पतालको नाम फेरेर बागमती प्रदेश सरकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नाम राखेपछी नेकपा एमाले बाहेक अरु दलहरुले यस विषयमा बिमती राख्दै आएका छन् । आइतबार केहि दलका युवाहरूले हेटौंडा अस्पताल पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम हटाएर हेटौंडा अस्पताल लेखिएको ब्यानर टागेर सान्केतिक बिरोध जनाएका थिए । युवाहरूले हेटौंडा अस्पताल साझा भएको र यो कुनै एक पार्टीको मात्र हुन नहुने भन्दै थोरै समय नाराबाजी समेत गरेका थिए । युवाहरुले अस्पतालमा बिरामी उपचार गर्न आउछन् त्यस कारण यो हाम्रो शान्तिपुर्ण साङ्केतिक विरोध हो यसलाई सानो रुपमा नलिन…
Read More
शिक्षा र बाल अधिकार प्रवर्दनका लागि बागमती प्रदेश सरकारलाई २० बुँदे सुझावपत्र

शिक्षा र बाल अधिकार प्रवर्दनका लागि बागमती प्रदेश सरकारलाई २० बुँदे सुझावपत्र

हेटौंडा । शिक्षा तथा बाल अधिकारका सवालमा क्रियाशील लू निभाः बाल अधिकार समूह र शिक्षा अधिकार अनुगमन समूहले संयुक्तरूपमा बागमती प्रदेश सरकारलाई २० बुँदे सुझावपत्र बुझाएका छन्। सामाजिक विकास मन्त्रालयमार्फत बुझाइएको उक्त सुझावपत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा बालबालिकासम्बन्धी विषयहरूलाई प्राथमिकताका साथ समावेश गर्न माग गरिएको छ। समूहका प्रतिनिधिहरू सन्तराम डंगोल र प्रकाश खतिवडाले सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको सचिवालय तथा मन्त्रालयका सचिवमार्फत सुझावपत्र हस्तान्तरण गरेका हुन्। सुझावपत्रमा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार प्रदेश सरकारले शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ। साथै, १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना तयार पार्नुपर्ने, विद्यालयस्तरमा दिवा खाजा, छात्रवृत्ति…
Read More
नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा स्वास्थ्य जाँच शिविर सम्पन्न, ५१ जनाको परीक्षण

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा स्वास्थ्य जाँच शिविर सम्पन्न, ५१ जनाको परीक्षण

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्नो ७०औं स्थापना दिवसको अवसरमा हेटौंडा–४ स्थित कार्यालय परिसरमा स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ। बागमती प्रदेश समितिको समन्वयमा गरिएको उक्त शिविरमा सञ्चारकर्मी तथा उनीहरूका परिवारका ५१ जनाले स्वास्थ्य परीक्षण गराएका हुन्। शिविरमा बडी मास इन्डेक्स (BMI), मधुमेह, पाठेघरको मुख, रक्तचाप र मृगौला सम्बन्धी परीक्षणहरू गरिएको थियो। कार्यक्रम जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहकार्यमा सम्पन्न भएको हो। यसअघि चैत्र १७ गते शिविर आयोजना गर्ने भनिएपनि, पत्रकार सुरेश रजकको निधन भएपछि चैत्र १५ गतेकै लागि कार्यक्रम सारिएको थियो। रजकको मृत्युमा छानबिन समिति गठनको माग गर्दै महासंघ आन्दोलनमा रहेको छ।
Read More
१५ महिनासम्म पनि भुक्तानी नपाएको नेपाली कम्पनीको गुनासो, चिनियाँ ठेकेदारमाथि कारबाहीको माग

१५ महिनासम्म पनि भुक्तानी नपाएको नेपाली कम्पनीको गुनासो, चिनियाँ ठेकेदारमाथि कारबाहीको माग

हेटौँडा । काठमाडौँ–तराई–मधेस फास्ट ट्रयाक निर्माणमा संलग्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन (CSCEC) ले सम्झौताअनुसारको काम सम्पन्न भएको १५ महिना बितिसक्दा पनि भुक्तानी नगरेको भन्दै नेपाली ठेकेदार कम्पनीहरूले गम्भीर गुनासो गरेका छन्। शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेपाल मेशिनरी एक्जिम कम्पनीका प्रवन्ध निर्देशक मुकेश शरावगीले CSCEC सँगको सम्झौताअनुसार काम सकिएपछि एक महिनाभित्र भुक्तानी हुनुपर्ने भए पनि १५ महिनासम्म ७ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको जानकारी दिए। तीन नेपाली कम्पनीको ७ करोड बढी रकम असुल हुन बाँकी फलामजन्य सामग्री आपूर्ति गरेका तीन नेपाली कम्पनीहरू — नेपाल मेशिनरी एक्जिम, नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न, र नेपाल मेशिनरी इन्टरप्राइजेज प्रा.लि —…
Read More
हेटौंडा ५ मा बौद्ध जागरण केन्द्रको सम्पर्क कार्यालय उद्घाटन

हेटौंडा ५ मा बौद्ध जागरण केन्द्रको सम्पर्क कार्यालय उद्घाटन

हेटौंडा । बौद्ध जागरण केन्द्र मकवानपुरको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगर पालिका ५ नम्बर वडास्थित जिग्तेन शिवा छेथार्थिङ गुम्बा प्राङ्गणमा सम्पर्क कार्यालय राखिएको बौद्ध जागरण केन्द्र जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष राजाराम स्याङ्गतानले जानकारी दिए । अध्यक्ष स्याङ्तानको सभाध्यक्षतामा भएको केन्द्रको सम्पर्क कार्यालयको उद्घाटन गुम्बाका मुख्य गुरु टुल्कु लोप्साङ्ग नामग्याल रिम्पोक्षेको हातबाट गरिएको केन्द्रकि उपाध्यक्ष डोल्मा स्यङ्बोले जानकारी दिइन् । कार्यक्रममा ६७ जनालाई धार्मिक सदस्यता बितरण गरिएको थियोे । धार्मिक गतिविधिले धार्मिक एकता, आपसी सद्भाव कायम राख्ने जागरण केन्द्र मकवानपुरका सदस्य बलराम बलले बताए ।
Read More
हेटौंडामा बालगृहलाई सहयोग

हेटौंडामा बालगृहलाई सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले बालगृहलाई स्टेसनरी सामग्री सहयोग गरेको हो । बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताए । वडाध्यक्ष महर्जनले भने ' सियान तथा मकवानपुर रिकभरिङ समुहलाई सहयोग गर्यौ । आगामी आर्थिक वर्षबाट कार्यक्रममै राखेर बालगृह लगायतका सामाजिक सस्थालाई सहयोग गर्नेछौ ।' बालगृहलाई २६ हजार बराबरको सामग्री सहयोग गरिएको वडा सचिव राम प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार यस अघि सियान पुनर्स्थापना केन्द्रलाई खाद्यान्न तथा मकवानपुर रिकभरिङ समुहलाई कुर्सी सहयोग गरिएको छ । उक्त बालगृहका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.