हेटौंडा । बौद्ध जागरण केन्द्र मकवानपुरको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगर पालिका ५ नम्बर वडास्थित जिग्तेन शिवा छेथार्थिङ गुम्बा प्राङ्गणमा सम्पर्क कार्यालय राखिएको बौद्ध जागरण केन्द्र जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष राजाराम स्याङ्गतानले जानकारी दिए ।

अध्यक्ष स्याङ्तानको सभाध्यक्षतामा भएको केन्द्रको सम्पर्क कार्यालयको उद्घाटन गुम्बाका मुख्य गुरु टुल्कु लोप्साङ्ग नामग्याल रिम्पोक्षेको हातबाट गरिएको केन्द्रकि उपाध्यक्ष डोल्मा स्यङ्बोले जानकारी दिइन् । कार्यक्रममा ६७ जनालाई धार्मिक सदस्यता बितरण गरिएको थियोे ।
धार्मिक गतिविधिले धार्मिक एकता, आपसी सद्भाव कायम राख्ने जागरण केन्द्र मकवानपुरका सदस्य बलराम बलले बताए ।
प्रतिकृया दिनुहोस्



























