Day: २०८१ चैत्र ३१, आईतवार २२:१९ गते

शिक्षा र बाल अधिकार प्रवर्दनका लागि बागमती प्रदेश सरकारलाई २० बुँदे सुझावपत्र

शिक्षा र बाल अधिकार प्रवर्दनका लागि बागमती प्रदेश सरकारलाई २० बुँदे सुझावपत्र

हेटौंडा । शिक्षा तथा बाल अधिकारका सवालमा क्रियाशील लू निभाः बाल अधिकार समूह र शिक्षा अधिकार अनुगमन समूहले संयुक्तरूपमा बागमती प्रदेश सरकारलाई २० बुँदे सुझावपत्र बुझाएका छन्। सामाजिक विकास मन्त्रालयमार्फत बुझाइएको उक्त सुझावपत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा बालबालिकासम्बन्धी विषयहरूलाई प्राथमिकताका साथ समावेश गर्न माग गरिएको छ। समूहका प्रतिनिधिहरू सन्तराम डंगोल र प्रकाश खतिवडाले सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको सचिवालय तथा मन्त्रालयका सचिवमार्फत सुझावपत्र हस्तान्तरण गरेका हुन्। सुझावपत्रमा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार प्रदेश सरकारले शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ। साथै, १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना तयार पार्नुपर्ने, विद्यालयस्तरमा दिवा खाजा, छात्रवृत्ति…
Read More
नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा स्वास्थ्य जाँच शिविर सम्पन्न, ५१ जनाको परीक्षण

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा स्वास्थ्य जाँच शिविर सम्पन्न, ५१ जनाको परीक्षण

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्नो ७०औं स्थापना दिवसको अवसरमा हेटौंडा–४ स्थित कार्यालय परिसरमा स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ। बागमती प्रदेश समितिको समन्वयमा गरिएको उक्त शिविरमा सञ्चारकर्मी तथा उनीहरूका परिवारका ५१ जनाले स्वास्थ्य परीक्षण गराएका हुन्। शिविरमा बडी मास इन्डेक्स (BMI), मधुमेह, पाठेघरको मुख, रक्तचाप र मृगौला सम्बन्धी परीक्षणहरू गरिएको थियो। कार्यक्रम जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहकार्यमा सम्पन्न भएको हो। यसअघि चैत्र १७ गते शिविर आयोजना गर्ने भनिएपनि, पत्रकार सुरेश रजकको निधन भएपछि चैत्र १५ गतेकै लागि कार्यक्रम सारिएको थियो। रजकको मृत्युमा छानबिन समिति गठनको माग गर्दै महासंघ आन्दोलनमा रहेको छ।
Read More
१५ महिनासम्म पनि भुक्तानी नपाएको नेपाली कम्पनीको गुनासो, चिनियाँ ठेकेदारमाथि कारबाहीको माग

१५ महिनासम्म पनि भुक्तानी नपाएको नेपाली कम्पनीको गुनासो, चिनियाँ ठेकेदारमाथि कारबाहीको माग

हेटौँडा । काठमाडौँ–तराई–मधेस फास्ट ट्रयाक निर्माणमा संलग्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन (CSCEC) ले सम्झौताअनुसारको काम सम्पन्न भएको १५ महिना बितिसक्दा पनि भुक्तानी नगरेको भन्दै नेपाली ठेकेदार कम्पनीहरूले गम्भीर गुनासो गरेका छन्। शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेपाल मेशिनरी एक्जिम कम्पनीका प्रवन्ध निर्देशक मुकेश शरावगीले CSCEC सँगको सम्झौताअनुसार काम सकिएपछि एक महिनाभित्र भुक्तानी हुनुपर्ने भए पनि १५ महिनासम्म ७ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको जानकारी दिए। तीन नेपाली कम्पनीको ७ करोड बढी रकम असुल हुन बाँकी फलामजन्य सामग्री आपूर्ति गरेका तीन नेपाली कम्पनीहरू — नेपाल मेशिनरी एक्जिम, नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न, र नेपाल मेशिनरी इन्टरप्राइजेज प्रा.लि —…
Read More
हेटौंडा ५ मा बौद्ध जागरण केन्द्रको सम्पर्क कार्यालय उद्घाटन

हेटौंडा ५ मा बौद्ध जागरण केन्द्रको सम्पर्क कार्यालय उद्घाटन

हेटौंडा । बौद्ध जागरण केन्द्र मकवानपुरको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगर पालिका ५ नम्बर वडास्थित जिग्तेन शिवा छेथार्थिङ गुम्बा प्राङ्गणमा सम्पर्क कार्यालय राखिएको बौद्ध जागरण केन्द्र जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष राजाराम स्याङ्गतानले जानकारी दिए । अध्यक्ष स्याङ्तानको सभाध्यक्षतामा भएको केन्द्रको सम्पर्क कार्यालयको उद्घाटन गुम्बाका मुख्य गुरु टुल्कु लोप्साङ्ग नामग्याल रिम्पोक्षेको हातबाट गरिएको केन्द्रकि उपाध्यक्ष डोल्मा स्यङ्बोले जानकारी दिइन् । कार्यक्रममा ६७ जनालाई धार्मिक सदस्यता बितरण गरिएको थियोे । धार्मिक गतिविधिले धार्मिक एकता, आपसी सद्भाव कायम राख्ने जागरण केन्द्र मकवानपुरका सदस्य बलराम बलले बताए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.