नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा स्वास्थ्य जाँच शिविर सम्पन्न, ५१ जनाको परीक्षण

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्नो ७०औं स्थापना दिवसको अवसरमा हेटौंडा–४ स्थित कार्यालय परिसरमा स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ। बागमती प्रदेश समितिको समन्वयमा गरिएको उक्त शिविरमा सञ्चारकर्मी तथा उनीहरूका परिवारका ५१ जनाले स्वास्थ्य परीक्षण गराएका हुन्।

शिविरमा बडी मास इन्डेक्स (BMI), मधुमेह, पाठेघरको मुख, रक्तचाप र मृगौला सम्बन्धी परीक्षणहरू गरिएको थियो। कार्यक्रम जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहकार्यमा सम्पन्न भएको हो।

यसअघि चैत्र १७ गते शिविर आयोजना गर्ने भनिएपनि, पत्रकार सुरेश रजकको निधन भएपछि चैत्र १५ गतेकै लागि कार्यक्रम सारिएको थियो। रजकको मृत्युमा छानबिन समिति गठनको माग गर्दै महासंघ आन्दोलनमा रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.