२०८१ भाद्र १०, सोमबार ०८:०७ गते
२०८१ भाद्र १०, सोमबार ०८:०७ गते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा स्थित सरस्वती मनकामना टोल विकास संस्थाको अध्यक्ष पदमा रोशन गोले निर्वाचित भएका छन् । गोपी राम बल र गोले बिचमा प्रतिस्पर्धा हुँदा गोलेले ५० मत पाएर निर्वाचित भएका हुन् भने बलले २५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा रिता कोइराला, सचिवमा कृष्ण सारु मगर, सहसचिवमा अञ्जु थापा, कोषाध्यक्षमा मुरली कुमार कार्की निर्विरोध निर्वाचित भएका हुन । अध्यक्ष पदको लागि मात्र प्रतिस्पर्धा भएको थियोे । त्यस्तै निर्विरोध निर्वाचित हुने सदस्यहरुमा सिभराम थिङ्ग, रन्जु कोइराला, सनुमाया गोले र रिता पाख्रिन रहेका छन् । कार्यक्रममा हेटौंडा ३ का वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख…