हेटौँडामा ९२ औं तामाङ पहिचान दिवस मनाइयो

मकवानपुर । तामाङ भाषा, कलासंस्कृति, इतिहास, दर्शन र ज्ञानको विविध आयामहरुका पक्षमा विचार तथा विमर्श गरी बिहीबार तामाङ समुदायले ९२ औं तामाङ पहिचान दिवस मनाएको छ । वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवस रुपमा मनाउन सुरु गरिएको हो ।

दिवसका अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नेपाल तामाङ घेदुङ बागमती प्रदेशमा निर्वाचित पदाधिकारी, कलाकार र २०८०–८१ को एसईईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित २४ जनालाई कदर पत्र प्रदान गर्दै दिवस मनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघर्ष र लडाइँ गरेर भएपनि तामाङ समुदायलाई स्थापित हुन आग्रह गर्नुभयो । तामाङ समुदायले आफ्नो पहिचान स्थापित गर्न सकेको भन्दै खुसी व्यक्त गर्नुभयो । कानुन बलियो भएमात्र तामाङ समुदाय स्थापित हुने भएकाले कानुन निर्माण तहमा तामाङ समुदाय पुग्न जरुरी रहेको उहाँको बुझाई छ ।

यस्तै पहिला तामाङ समुदायले केही गर्न सक्दैन र भारी बोक्ने काम मात्र गर्छ भन्ने भ्रम भइकाृे बताउँदै मन्त्री लामाले अब तामाङ समुदायले पढेर केही गर्छ भन्ने कुरा स्थापित भएको जानकारी दिनुभयो । कानुन बनाउनेदेखि विकास निर्माण कार्यमा सल्लाह र सुझाव लिने प्रतिबद्धता मुख्यमन्त्री लामाले व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.