हेटौँडा १० बालमैत्री वडा घोषणा

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री नगर घोषणाको अभियान अन्तर्गत हेटौंडा १० लाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

आज भएको बालमैत्री वडा घोषणा समारोहमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले वडा नम्बर १० लाई बालमैत्री शासनयुक्त वडा घोषणा गरेका हुन् । यो सँगै वडा नम्बर १० नगरको पाँचौं बालमैत्री वडा भएको छ ।

बालमैत्री वडा घोषणासँगै शैक्षिक प्रदर्शनी मेला पनि राखिएको थियो । बालमैत्री वडा घोषणापूर्व र्यालीसँगै विभिन्न साँस्कृति प्रदर्शनीहरु समेत भएका थिए । वडालाई बालमैत्री घोषणा गर्नका लागि आवश्यक ५१ वटा सूचकहरुमध्ये ४९ सूचकहरु शत्प्रतिशत, एउट सूचक ९५ प्रतिशत र एउटा सूचक ८१ प्रतिशत पूरा गरेको वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो ।

वडामा १० वटा बाल समूह र एउटा बाल सञ्जाल रहेका छन् । यसअघि हेटौँडा उपमहानगरपालिकाको १, २, ७, ८ र १७ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.