हेटौँडा ८ मा टि–२० क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भदौ २९ गते देखि असोज ५ गतेसम्म आयोजना गर्न लागिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेकोे जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ वडा नं. ८ को आयोजनामा हुने प्रतियोगिता श्री चन्द्रोदय माध्यमिक विद्यालय हेटौडा–८ को खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ । नेकपा एमाले हेटौंडा–८ नं. वडा कमिटीको व्यस्थापन तथा धर्मराज पुडासैनीको संयोजकत्वमा ३१ सदस्यीय क्रिकेट खेल संचालन तथा व्यवस्थापन मुल समिति र ५ वटा विभिन्न उपसमितिहरु गठन गरि प्रतियोगिता संचालन गर्न लागिएको हो ।

खेलमा हेटौडा उपमहानगरपालिका भित्र रहेका १९ वडाका २० देखि २२ वटा क्रिकेट टिमहरुको सहभागिता रहने अनुमान आयोजकले लिएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु.५० हजार, द्वितिय हुने समुहलाई २५ हजार, उत्कृष्ट मार्च पास गर्ने क्रिकेट टिमलाई विविध पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।

त्यस्तै उत्कृष्ट खेलाडी तथा लामो समय देखि खेल क्षेत्रमा लागेका व्यक्तित्वलाई सम्मान पत्र वितरण गरिने खेल संयोजक धर्मराज पुडासैनीले बताए । खेल सम्पन्न गर्नलाई ३ लाख ५० हजार रुपैँया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रत्येक किकेट टिमलाई ईन्ट्री शुल्क बापत रु. ५ हजार लाग्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.