हेटौंडा / हेटौंडा फुलकन्ट्याक क्योकुशिन करातेका खेलाडीहरुलाई बिदाइ गरिएको छ । भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुल्कन्ट्याक कराते प्रतियोगितामा भाग लिनको लागि हेटौंडाका ८ जना खेलाडीहरु भारतको गुवाहाटी तर्फ जान लागेका हुन् ।
खेलाडीहरुलाइ मकवानपुर जिल्ला खेलकुद बिकास समिति र हेटौंडा उपमहानगर पालिका १८ नम्बर वडा कार्यालयले बिदाइ गरेको हो । भारतको गुवाहाटीतर्फ जानेमा रेफ्रीद्वय सीता श्रेष्ठ , अमृत सुनार र खेलाडीहरु रोहित थापा , रिदम थापा , ज्योति लुङ्बा , सबिना आले , रेश्मा थापा , शशिप्रसाद बि . क . रहेका छन् ।

गुवाहाटीमा हुने चौथो अन्तरास्ट्रिय खुल्ला फूलकन्ट्याक्ट कराते प्रतियोगिता पुस २६ र २७ गते दुई चल्ने छ । खेलाडीहरुलाइ बिदाइ गर्दै वडाध्यक्ष अनिल बानियाँ , जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज मुक्तान , समितिका पुर्व अध्यक्ष सानू लामा , क्योकुशिन संघका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपाने , मुख्य प्रशिक्षक बिष्णु श्रेष्ठ लगायतले सफलताको शुभकामना दिएका थिए ।





























