सबै समाचार

1072 Posts
बागमती प्रदेशका ११ जिल्लालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण

बागमती प्रदेशका ११ जिल्लालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण

हेटौँडा। प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुरक्षित रगत भण्डारण क्षमता बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका शाखाहरूलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ। स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाको आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापा मगरले संयुक्त रूपमा उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो। बागमती प्रदेशका १३ जिल्लामध्ये रक्तसञ्चार सेवा सञ्चालनमा रहेका सिन्धुपाल्चोक र रसुवाबाहेकका ११ जिल्लालाई रेफ्रिजेरेटर उपलब्ध गराइएको हो। प्रदेश सरकारले २२० लिटर क्षमताका ती अत्याधुनिक रेफ्रिजेरेटर खरिदका लागि ३१ लाख रुपैयाँ खर्च गरेको छ। प्रति युनिट २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँका दरले खरिद गरिएका…
Read More
झरना साहित्यिक परिवारद्वारा रचना वाचन तथा नृत्य प्रतियोगिता

झरना साहित्यिक परिवारद्वारा रचना वाचन तथा नृत्य प्रतियोगिता

हेटौँडा । झसापको ३२७ औँ कार्यक्रमका सिलसिलामा झरना साहित्यिक परिवारको आयोजना तथा बकैया गाउँपालिका ५ नम्बर वडाको प्रायोजनमा जेठ २९ गते रचना वा चन तथा आधारभूत तह(१-५) स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नृत्य प्रतियोगितामा सहभागी १२ ओटा समूहमध्ये महेन्द्र मावि बकैया-४ की अनुपा स्याङ्तान, किसान जागरुक आवि, बकैया-५ की समृध्दि लो र माटाकोरी मावि बकैया-७ की तेन्जिना भोलन क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा जनार्दन खनाल, ॐ भक्त भण्डारी, सविना घलान, स्नेहा पराजुली, आक्रोश विकलगायतले मुक्तक, कविता, गीत प्रस्तुत गरेका थिए । यसै गरी पालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडाध्यक्ष लक्ष्मी जिम्बा तथा…
Read More
हेटौँडा–१२ मा लिफ्ट सिँचाइका लागि ५ करोड बजेट, कृषकमा खुसी

हेटौँडा–१२ मा लिफ्ट सिँचाइका लागि ५ करोड बजेट, कृषकमा खुसी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ का बासिन्दाका लागि ठूलो राहतको खबर सार्वजनिक भएको छ। सिँचाइ सुविधाको अभावमा कृषि कार्य गर्न समस्या भोग्दै आएका स्थानीय कृषकहरूलाई लक्षित गर्दै संघीय सरकारले ‘भोर्ले लिफ्ट सिँचाइ आयोजना’ का लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विशेष अनुदानका रूपमा उक्त रकम विनियोजन गरिएको हो। लामो समयदेखि सिँचाइको समस्या झेल्दै आएका स्थानीय कृषकहरूका लागि यो आयोजना बरदान सावित हुने विश्वास गरिएको छ। यस महत्त्वपूर्ण योजनाका लागि बजेटको व्यवस्थापन गर्ने संघीय सरकारप्रति हेटौँडा उपमहानगरपालिकाले धन्यवाद व्यक्त गरेको छ। राष्ट्रिय योजना आयोगमार्फत कार्यान्वयन हुने यो आयोजनाले उपमहानगरका कृषकहरूलाई व्यावसायिक कृषिमा लाग्न थप हौसला…
Read More
नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो। मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र साहले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले मंगलबार नै उहाँहरूलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र मन्त्रिपरिषद्का सदस्यलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
Read More
विज्ञापन वितरणमा भएको विभेदविरुद्ध पत्रकार महासंघ मकवानपुरद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विज्ञापन वितरणमा भएको विभेदविरुद्ध पत्रकार महासंघ मकवानपुरद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौँडा । सरकारी सूचना तथा विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि विभेद गरिएको भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ मकवानपुरले संकलन गरेको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष पठाएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत जेठ ७ गतेदेखि सुरु गरिएको हस्ताक्षर अभियानबाट संकलित हस्ताक्षरहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई बुझाइएको हो। हस्ताक्षर बुझाउने कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, शाखाका पदाधिकारी तथा जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। महासंघले खर्च कटौतीको नाममा संघीय, प्रदेश तथा स्थानीय तहका सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयले प्रेस स्वतन्त्रतालाई कमजोर…
Read More
हेटौंडामा ‘मेयर कप’ फुटबलको छैटौं संस्करण असार ४ देखि

हेटौंडामा ‘मेयर कप’ फुटबलको छैटौं संस्करण असार ४ देखि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण वडाबीच प्रतिस्पर्धा हुने गरी प्रतिष्ठित ‘मेयर कप’ फुटबल प्रतियोगिताको छैटौं संस्करण आयोजना हुने भएको छ । हेटौंडा–१३ स्थित पदमपोखरी युथ क्लबको आयोजनामा आगामी असार ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताले नगर क्षेत्रका युवाहरूमा खेलकुदको अभिरुचि बढाउने र भविष्यका लागि उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । करिब २० लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुने यस प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको छ भने हेटौंडा–१३ वडा कार्यालय सह-प्रायोजकका रूपमा रहेको छ । प्रतियोगिता सञ्चालनका लागि उपमहानगरपालिकाबाट १० लाख, १३ नं. वडा कार्यालयबाट ५ लाख र अन्य सहयोगीदाताहरूबाट थप ५ लाख रुपैयाँ…
Read More
‘हेटौँडा घोषणापत्र–२०८३’ जारी: विभेदकारी विज्ञापन नीति फिर्ता लिन माग

‘हेटौँडा घोषणापत्र–२०८३’ जारी: विभेदकारी विज्ञापन नीति फिर्ता लिन माग

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापनसम्बन्धी नीति तथा परिपत्र तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरेको छ। महासंघको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभाका अवसरमा जारी ‘हेटौँडा घोषणापत्र–२०८३’ मार्फत सरकारलाई यस्तो आग्रह गरिएको हो। घोषणापत्रमा सरकारले संविधानप्रदत्त मौलिक हक, प्रेस स्वतन्त्रता, संघीयताको मर्म तथा खुला अर्थनीतिको भावनाविपरीत निजी सञ्चारमाध्यमलाई असर पर्ने गरी जारी गरेका निर्णय र परिपत्रहरू तत्काल सच्याउन माग गरिएको छ। घोषणापत्रका प्रमुख बुँदाहरू: विज्ञापन नीति: स्वतन्त्र मिडियाको प्रवर्द्धन र संरक्षणका लागि समान अवसरमा आधारित विज्ञापन नीति लागू गर्न तथा स्थानीय तहहरूले स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकताका साथ विज्ञापन वितरण गर्नुपर्ने। प्रेस…
Read More
मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

हेटौँडा । सर्वधर्म सद्भाव ऐक्यवद्धता महाअभियानले आउँदो भदौ १७ गते मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्ने भएको छ । आइतबार हेटौँडामा सबै धर्मका गुरु र अगुवा तथा नागरिक समाजका सदस्यहरुको भेलाले गठित महाअभियानले भदौ १७ गते मकवानपुरलाई धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा तयारी गरेको हो । महाअभियानका अध्यक्ष राजेश वाग्लेले सबै धर्म र सम्प्रदायको सहभागितामा ‘मकवानपुरमा कुनै पनि धार्मिक द्वन्द्व छैन र हुने छैन’ भन्ने सन्देश दिन यस्तो तयारी गरिएको बताए । उनले भने, ‘हामी संस्था दर्ता गरेर औपचारिकरुपमै धार्मिक समुदायमा सद्भाव कायम राख्दै यो अभियानलाई मकवानपुरबाट अरु जिल्लामा पनि लैजाने तयारीमा छौँ ।’ कार्यक्रममा हेटौँडा उपमहानगर–४ का वडाध्यक्ष नवीन सिग्देलले…
Read More
कर्मचारीतन्त्रका कारण काम गर्न कठिन भयो: मुख्यमन्त्री बानियाँ

कर्मचारीतन्त्रका कारण काम गर्न कठिन भयो: मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजामती कर्मचारीको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा हेटौँडामा सुरु भएको ‘बागमती मिडिया सम्मेलन’ को उद्घाटन समारोहमा बोल्दै उहाँले नीति कार्यान्वयन गर्ने तहमा रहेको कर्मचारीतन्त्र नै विकासका लागि मुख्य अवरोध बनेको बताउनुभयो। कर्मचारीले निर्देशन टेरेनन् मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनलाई समेत कर्मचारीले बेवास्ता गरेको गुनासो गर्नुभयो। “सरकारी विज्ञापन निजी मिडियालाई पनि दिने गरी परिपत्र जारी गर्न प्रधानमन्त्रीले दिनुभएको निर्देशन कर्मचारीले अझै कार्यान्वयन गरेका छैनन्,” उहाँले भन्नुभयो। त्यसैगरी, संघको परिपत्र नआउँदा प्रदेश सांसदहरूका स्वकीय सचिवहरूले हालसम्म सुविधा पाउन नसकेको पनि उहाँले जानकारी दिनुभयो। पत्रकारहरूलाई सत्यतथ्य समाचार…
Read More
बागमती प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना: कार्यालय संख्या घटाइयो

बागमती प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना: कार्यालय संख्या घटाइयो

हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक पुनर्संरचना गर्दै प्रदेश अन्तर्गतका कार्यालयहरूको संख्या घटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ८ वटा मन्त्रालय मातहत जम्मा १९१ वटा कार्यालय मात्र कायम रहने गरी संगठन संरचना पुनर्गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार यसअघि रहेका २०१ वटा कार्यालयमध्ये केहीलाई गाभ्ने, केहीलाई खारेज गर्ने र आवश्यकताअनुसार नयाँ कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा गरिएको यस पुनर्संरचनाले अस्थायी तथा दोहोरो प्रकृतिका कार्यालयहरू खारेज गरी प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। त्यस्तै, मन्त्रिपरिषद्ले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.