सबै समाचार

1072 Posts
हेटौँडामा ‘पारिजात विशेष कार्यक्रम’: साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वबारे चर्चा

हेटौँडामा ‘पारिजात विशेष कार्यक्रम’: साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वबारे चर्चा

हेटौँडा । हेटौँडा–१० स्थित दर्शन पार्टी प्यालेसमा ‘पारिजात विशेष कार्यक्रम’ सम्पन्न भएको छ। आञ्चल साहित्य कलापुञ्ज मकवानपुरद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली साहित्यकी विशिष्ट साधक पारिजातको व्यक्तित्व, योगदान र उहाँका कृतित्वबारे गहन बहस गरिएको छ। कार्यक्रममा पारिजात स्मृति केन्द्रका डा. बिन्दु शर्मा, डा. अमृता रेग्मी तथा समालोचक एवं अनुसन्धानकर्ता डिल्लीराम पोख्रेलले पारिजातको जीवनशैली, उहाँको वैचारिक अडान र नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। साहित्यकार विश्वनाथ सञ्जेलले सहजीकरण गर्नुभएको उक्त बहसमा वक्ताहरूले पारिजातका रचनाले समाज र विशेषगरी महिलाको चेतनामा पारेको प्रभावबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए। साथै, विद्यालय स्तरीय पारिजात विषयक खुला निबन्ध प्रतियोगितामा…
Read More
हेटौँडा–११ मा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

हेटौँडा–११ मा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ मा वडा बाल सञ्जालको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ। वडा कार्यालयको प्रायोजनमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन खेलमा शहीद स्मारक टोल विकास संस्थाले सडक बाल सञ्जाललाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक टोल विकास संस्थाले सडक बाल सञ्जालविरुद्ध ६–० गोलको फराकिलो अन्तरले जित हात पारेको हो। वडा बाल सञ्जालकी अध्यक्ष आञ्चल सुवेदीको सभाध्यक्षता तथा हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा वडा सदस्यहरू गोपिनी सापकोटा, सञ्जय बिडारी र गीता सुनारलगायतको उपस्थिति रहेको थियो। भारतीय सेनाका अवकाशप्राप्त क्याप्टेन डोल्सी घलेको संयोजकत्वमा सञ्चालित यस प्रतियोगितामा कुल…
Read More
नारायणी कलेजमा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

नारायणी कलेजमा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा–१० स्थित नारायणी कलेज तथा तुलसी मेहर मेमोरियल सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम (Orientation Program) सम्पन्न गरेको छ। कलेजका प्रिन्सिपल टीकाप्रसाद सापकोटाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका कार्यालय प्रमुख बद्री पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले विद्यार्थीहरूलाई आफ्नो अध्ययन यात्रामा अनुशासित र लगनशील बन्न आग्रह गर्नुभयो। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बद्रीनाथ शर्मा, क्याम्पस प्रमुख तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ र क्याम्पस निर्देशक कमल नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँहरूले कलेजको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीले प्राप्त गर्ने अवसरहरूका बारेमा प्रकाश पार्नुभएको थियो। अभिमुखीकरण…
Read More
हेटौँडा–११ द्वारा अग्रज सम्मान

हेटौँडा–११ द्वारा अग्रज सम्मान

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेको छ। वडाले एक कार्यक्रमको आयोजना गरी तत्कालीन पञ्चायतकालदेखिका जनप्रतिनिधिहरूलाई विशेष सम्मान प्रदान गरेको हो। कार्यक्रममा हेटौँडा–११ का पूर्व प्रधानपञ्च, तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति, पूर्व वडाध्यक्ष र पूर्व वडा सदस्यहरूलाई सम्मान गरिएको थियो। यसका साथै, तत्कालीन समयमा सेवा पुर्‍याउनुभएका दिवङ्गत जनप्रतिनिधिहरूलाई उहाँका परिवारजनमार्फत मरणोपरान्त सम्मान प्रदान गरिएको थियो। वडाध्यक्ष जुना दाहालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुल २५ जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। प्रमुख अतिथि नगरप्रमुख लामा र विशेष अतिथि रामेश्वर रानाले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान…
Read More
हेटौँडामा ‘प्लास्टिक बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान

हेटौँडामा ‘प्लास्टिक बोतल देउ, फलफूलको बिरुवा लेउ’ अभियान

हेटौँडा । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण र वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले हेटौँडामा 'प्लास्टिकको बोतल देउ, फलफूलको बिरुवा लेउ' अभियान सुरु गरिएको छ। टोल विकास संस्था नगर समन्वय समितिले सञ्चालन गरेको यस अभियानअन्तर्गत प्लास्टिकका २० वटा बोतल बुझाउनेलाई एउटा फलफूलको बिरुवा प्रदान गरिएको छ। यस अभियानअन्तर्गत हेटौँडा–११ का बासिन्दाहरूले संकलन गरेका प्लास्टिकका बोतलहरू बुझाएर फलफूलका बिरुवा प्राप्त गरेका छन्। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले भन्नुभयो, “प्लास्टिकका बोतलहरूलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन र सहरलाई सफा…
Read More
हेटौँडामा एएफयूको १६औँ स्थापना दिवस: तीन दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम हुने

हेटौँडामा एएफयूको १६औँ स्थापना दिवस: तीन दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम हुने

हेटौँडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को १६औँ स्थापना दिवस–२०८३ को अवसरमा हेटौँडास्थित वन विज्ञान संकायले विविध जनचेतनामूलक तथा सामुदायिक कार्यक्रम आयोजना गरेको छ। “समुदायसँग कृषि तथा वन विज्ञान विश्वविद्यालय” भन्ने मूल नाराका साथ असार २ देखि ४ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको हो। वन विज्ञान संकायको आयोजनामा विभिन्न विद्यार्थी संगठन तथा संस्थाको सहकार्यमा यो दिवस मनाउन लागिएको हो। कार्यक्रममा NYCA Hetauda, IFSA Hetauda, Forestry Youth Network (FYN), Youth Red Cross Circle (YRC), Amnesty International Forestry Youth Network (AIFYN) र Bird Conservation Nepal (BCN) हेटौँडा शाखाले सहकार्य गरेका छन्। यस्तो छ तीनदिने कार्यक्रम तालिका: असार…
Read More
बागमती प्रदेशको ६६ अर्ब ९३ करोडको बजेट: प्रशासनिक खर्च कटौती गर्दै पुँजीगत खर्चमा जोड

बागमती प्रदेशको ६६ अर्ब ९३ करोडको बजेट: प्रशासनिक खर्च कटौती गर्दै पुँजीगत खर्चमा जोड

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले चालु आर्थिक वर्षको तुलनामा ५४ करोड ४० लाख रुपैयाँ बजेट घटाएर नयाँ बजेट प्रस्तुत गर्नुभएको हो। सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। यसपटकको बजेटमा सरकारले प्रशासनिक खर्चलाई नियन्त्रण गर्दै विकास निर्माण र पूर्वाधार विस्तारलाई उच्च प्राथमिकता दिएको छ। प्रशासनिक सुधार र खर्च कटौतीको नीति बजेटमार्फत प्रदेश सरकारले प्रशासनिक खर्चमा भारी कटौती गर्ने लक्ष्य लिएको छ। मन्त्री तामाङका…
Read More
संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक: प्रभावकारी कार्ययोजना बनाउन उपसमिति गठन

संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक: प्रभावकारी कार्ययोजना बनाउन उपसमिति गठन

काठमाडौँ । नेकपा (एमाले) ले संविधान संशोधनका लागि गठन गरेको विशेष कार्यदलले आफ्नो पहिलो बैठक सम्पन्न गर्दै संविधान परिमार्जनको प्रक्रियालाई तीव्रता दिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले संविधानलाई थप सुदृढ र प्रभावकारी बनाउन बृहत् संवाद र सुझाव संकलनको मार्गचित्र कोरेको छ। पार्टी केन्द्रीय सचिवालयको गत जेठ महिनाको निर्णयबमोजिम गठित यो कार्यदलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीको सबलीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ। बैठकले संविधान संशोधनको प्रस्ताव तयार पार्नका लागि राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रबाट व्यापक सुझाव संकलन गर्ने निर्णय गरेको छ। संविधान कार्यान्वयनको हालसम्मको अनुभव,…
Read More
एसियन तेक्वान्दो युनियनको गेम्स कमिटी सदस्यमा मकवानपुरका लालकाजी रत्न बज्राचार्य

एसियन तेक्वान्दो युनियनको गेम्स कमिटी सदस्यमा मकवानपुरका लालकाजी रत्न बज्राचार्य

हेटौँडा । मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्य एसियन तेक्वान्दो युनियन (Asian Taekwondo Union-ATU) को गेम्स कमिटी सदस्यमा नियुक्त हुनुभएको छ। युनियनले उहाँलाई सन् २०२६ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मका लागि उक्त जिम्मेवारी दिएको हो। काठमाडौँमा शनिबार आयोजित एक रेफ्री सेमिनारका अवसरमा बज्राचार्यले आफू नियुक्त भएको प्रमाणपत्र प्राप्त गर्नुभएको हो। एसियन तेक्वान्दो युनियनका अध्यक्ष सङ जीन किमले हस्ताक्षर गर्नुभएको उक्त प्रमाणपत्र नेपाल तेक्वान्दो संघले उहाँलाई प्रदान गरेको हो। सन् २०२६ भर एसियन तेक्वान्दो युनियनले आयोजना गर्ने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको व्यवस्थापन र संयोजनमा बज्राचार्यसहित नेपालबाट मनोनित भएका चार जना सदस्यहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। बज्राचार्यको खेलकुद यात्रा…
Read More
तीनपाटन गाउँपालिकामा बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण

तीनपाटन गाउँपालिकामा बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनीतिक योजना–२०८३ तयार पारेको छ। गाउँपालिकालाई आगामी २०८४ सालसम्ममा बालविवाह मुक्त क्षेत्र बनाउने दृढ संकल्पसहित यो योजना सार्वजनिक गरिएको हो। सोही कार्यक्रममार्फत गाउँपालिकाले ‘एकीकृत पोषण नीति–२०८३’ को कार्यान्वयनसँगै पोषणमैत्री स्थानीय शासनको समेत घोषणा गर्ने लक्ष्य राखेको छ। यस रणनीतिक योजना निर्माणका लागि जनजाति विकास कार्यक्रम सिन्धुली र प्लान इन्टरनेसनलले सहयोगी संस्थाको भूमिका निर्वाह गरेका छन्। साथै, प्रो गाइडेन्स नेपाल, हेटौँडाले प्राविधिक सहयोग उपलब्ध गराएको छ। उक्त कार्यक्रमको सहजीकरण सुशीलराज गिरी, रामप्रसाद दाहाल र पुरुषोत्तम अर्यालले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, वडा सदस्यहरू, पालिकाका विषयगत शाखाका प्रमुखहरू तथा बाल समूहका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.