२०८३ जेष्ठ २१, बिहीबार २२:०५ गते
२०८३ जेष्ठ २१, बिहीबार २२:०५ गते
हेटौंडा/ मकवानपुरमा सुर्तीजन्य पदार्थ र मदिरा सेवनबाट उत्पन्न स्वास्थ्य तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालाबीच विशेष छलफल सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा सम्पन्न उक्त पैरवी बैठकमा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका जिल्ला उपाध्यक्षद्वय धुर्व अधिकारी र भावना रिजाल, साथै महासंघका पूर्व अध्यक्ष राममणि दाहाललगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई विशेष गरी सञ्चार माध्यमको भूमिकासँग जोडेर छलफल गरिएको थियो। सुर्तीजन्य पदार्थ र मदिरा सेवनले समाजमा पारिरहेको दीर्घकालीन स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरण गर्न पत्रकारितामार्फत सचेतना अभिवृद्धि गर्न सकिने विषयमा सहभागीहरूले जोड दिएका थिए। जनस्वास्थ्य कार्यालयले प्रस्तुत…