सबै समाचार

1003 Posts
बागमती प्रदेशको सातौं वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

बागमती प्रदेशको सातौं वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

मकवानपुर । बागमती प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष पेश गरिएको छ। महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले “बागमती प्रदेशको सातौं वार्षिक प्रतिवेदन, २०८२” प्रस्तुत गर्नुभएको हो। नेपालको संविधानको धारा २९४(३) र लेखापरीक्षण ऐन, २०७५ को दफा १९(४) बमोजिम तयार गरिएको उक्त प्रतिवेदनले प्रदेश सरकारका आर्थिक कारोबारमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न खोजिएको छ। प्रतिवेदनमा एकीकृत वित्तीय विवरणको राय, लेखापरीक्षण गरिएका निकायहरूको विवरण, बेरुजुको स्थिति, मुख्य व्यहोरा, कार्यान्वयनको अवस्था तथा आगामी सुधारका सुझावहरू समावेश गरिएको छ। नायब महालेखापरीक्षक पाण्डेका अनुसार यस वर्ष जोखिम विश्लेषणका आधारमा निकायहरूलाई उच्च र न्यून जोखिममा वर्गीकरण गरिएको छ। उच्च…
Read More
विद्यार्थी एकता दिवसको अवसरमा मनहरीमा शैक्षिक सामग्री वितरण

विद्यार्थी एकता दिवसको अवसरमा मनहरीमा शैक्षिक सामग्री वितरण

मकवानपुर। नेकपा निकट अखिल (समाजवादी) मकवानपुरले ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा मनहरी गाउँपालिका–२ स्थित त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रम अन्तर्गत शिशु कक्षादेखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई कापी, सिसाकलम, इरेजर र सार्पनरजस्ता सामग्री प्रदान गरिएको हो। कार्यक्रमकै अवसरमा संगठनले विद्यालय अनुगमन अभियानको पनि औपचारिक सुरुआत गरेको छ। अनुगमन अभियानको उद्देश्य शिक्षा क्षेत्रमा विद्यमान विकृति, विसंगति र समस्याको पहिचान गर्दै समाधानतर्फ अग्रसर हुनु रहेको संगठनले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा नेकपाका केन्द्रिय सदस्य एवम् सामना परिवारका संयोजक आरोह सीले विद्यार्थीहरुलाई अध्ययनमा लाग्न प्रेरित गर्दै, "शिक्षा प्राप्त गरेर समाज परिवर्तनमा जुट्न…
Read More
दृष्टिविहीन विद्यार्थीका लागि पिप्लेको बालज्योति स्कूलमा संगित शिक्षक

दृष्टिविहीन विद्यार्थीका लागि पिप्लेको बालज्योति स्कूलमा संगित शिक्षक

हेटौंडा | दृष्टिविहीन विद्यार्थीहरूको सशक्तिकरण र सिर्जनात्मक क्षमताको विकासका लागि हेटौंडा उपमहानगरपालिका–५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयमा संगीत शिक्षकको व्यवस्था गरिएको छ। रोटरी क्लब अफ हेटौंडाले “संगीत शिक्षक कार्यक्रम” अन्तर्गत एक वर्षका लागि दुई जना संगीत शिक्षकको व्यवस्था गरेको हो। क्लबले अष्ट्रेलियाको रोटरी क्लब अफ तास्मानियाको आर्थिक सहयोगमा यो कार्यक्रम संचालन गर्दै आएको छ। यो क्रम सन् २०२५ मा तेस्रो वर्ष प्रवेश गरेको हो। यस कार्यक्रममार्फत शिक्षक तुलुक लामा र सुनिल केसीले विद्यालयमा अध्ययनरत ११ जना दृष्टिविहीन विद्यार्थीहरूलाई संगीत प्रशिक्षण प्रदान गर्ने छन्। संगीत शिक्षा मार्फत दृष्टिविहीन विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनात्मकता र सामाजिक सहभागिता बढाउने उद्देश्य लिएको क्लबले जनाएको छ। कार्यक्रम…
Read More
फोनिज मकवानपुर : सम्झना थापा सहसचिव, सशान्त तामाङ कार्यसमिति सदस्यमा मनोनित

फोनिज मकवानपुर : सम्झना थापा सहसचिव, सशान्त तामाङ कार्यसमिति सदस्यमा मनोनित

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नियमित कार्यसमिति बैठकले दुई नयाँ पदाधिकारी मनोनयन गरेको छ। बैठकबाट कार्यसमिति सदस्य सम्झना थापालाई सहसचिवमा र सशान्त तामाङलाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको हो। फोनिज मकवानपुरले पत्रकारिता क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएका दुबै व्यक्तित्वलाई नयाँ जिम्मेवारी सुम्पिएको जनाएको छ। मनोनित पदाधिकारीहरुलाई महासंघले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। मनोनित समारोहमा फोनिज मकवानपुरका अध्यक्ष नवराज वाईबा, उपाध्यक्ष सन्देश थिङ,कोषाध्यक्ष भुवन घलान, सदस्य भुपेन्द्र राना मगर लगायतको उपस्थिति रहेको थियो । फोनिज मकवानपुरले स्थानीय तहमा आदिवासी जनजातिका आवाजलाई सबल बनाउँदै जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्दै आएको छ। नयाँ नेतृत्वले संगठनलाई अझ प्रभावकारी रुपमा…
Read More
झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम

झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुध्द लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय छतिवनका कक्षा ८-१० का साधारण तथा प्राविधिक धारका गरी पाँच पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृध्दि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उध्दव सापकोटा, महेन्द्र मावि विव्यसका अध्यक्ष परशुराम गौतम, नारायण…
Read More
कैलाश गाउँपालिकाका शिक्षकलाई सूचना प्रविधि तालिम सम्पन्न

कैलाश गाउँपालिकाका शिक्षकलाई सूचना प्रविधि तालिम सम्पन्न

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत आधारभूत तथा माध्यामिक तहका सूचना प्रविधि (आईटी) स्रोत शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको पाँचदिने सूचना प्रविधि सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा गत शुक्रबारदेखि सञ्चालन भएको तालिममा ४३ जना शिक्षक सहभागी थिए। तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको भौगोलिक विकटता र शिक्षामा सुधारको क्रमबद्ध अवस्थाका बीच पनि सूचना प्रविधिको प्रयोगले शिक्षामा नयाँ सम्भावना सिर्जना गर्ने बताए। उनले भने, “यहाँ चेतनाको कमी छ, शिक्षामार्फत नै चेतना फैलाउनु जरूरी छ। समाज परिवर्तन शिक्षाबाट हुन्छ, त्यसैले शिक्षामा समर्पण आवश्यक छ।” मुक्तानले विद्यालयमा उपलब्ध कम्प्युटर र अन्य आईटी उपकरणको…
Read More
कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने

हेटौंडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एक सार्वजनिक सूचना जारी गर्दै कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द हुने जानकारी गराएको छ। पूर्वाधार विकास कार्यालय, हेटौंडाबाट प्राप्त पत्रको आधारमा, गाडी सञ्चालनको लागि प्रयोग हुँदै आएको उक्त सडकखण्ड २०८२ साल जेष्ठ २ गतेदेखि २०८२ साल जेष्ठ २० गतेसम्म (१९ दिन) सवारी आवागमनका लागि पूर्ण रूपमा बन्द हुने जनाइएको छ। सडक मर्मत तथा स्तरोन्नतिको कार्यका कारण यातायात अवरुद्ध हुने भएकोले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। वैकल्पिक रूपमा कान्ति लोकपथ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक मार्ग प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
Read More
पत्रकारमाथिको हिंसा र प्रेस स्वतन्त्रता संकुचनको विरोधमा प्रेस सेन्टरद्वारा हेटौँडामा ज्ञापनपत्र

पत्रकारमाथिको हिंसा र प्रेस स्वतन्त्रता संकुचनको विरोधमा प्रेस सेन्टरद्वारा हेटौँडामा ज्ञापनपत्र

हेटौंडा । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका सवालमा चासो व्यक्त गर्दै प्रेस सेन्टर बागमती प्रदेशद्वारा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा र प्रेस सेन्टर नेपाल, मकवानपुर कार्य समितिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ। पत्रकारमाथि हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, सञ्चार स्वतन्त्रतामाथि हमलाजस्ता घटना दिनप्रतिदिन बढ्दै गइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस सेन्टरले यस्ता कार्य रोक्न र संवैधानिक अधिकारको संरक्षण गर्न माग गरेको हो। जिप्रका पुगेर ज्ञापन बुझाउँदा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रेस सेन्टरले उठाएका मुद्दाहरू गम्भीर रहेको स्वीकार गर्दै सम्भव भएसम्मको यथोचित सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिन् । ज्ञापनपत्रमा समावेश प्रमुख १०…
Read More
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको प्रथम जिल्ला परिषद सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको प्रथम जिल्ला परिषद सम्पन्न

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला कार्य समिति मकवानपुरको प्रथम जिल्ला परिषद गैसस महासंघ मकवानपुरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। परिषदको प्रमुख आतिथ्य वाग्मती प्रदेश सभा सदस्य माननीय भारती पाठकले गर्नुभएको थियो। कार्यक्रम जिल्ला अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो। परिषदमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य खडानन्द चौलागाईं तथा रामहरि विशेष अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू र डिभिजन वन कार्यालयका अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। परिषदमा सामुदायिक वनका समसामयिक विषयहरू, स्थानीय सहभागिता, र स्रोत व्यवस्थापनबारे छलफल भएको बताइएको छ।
Read More
रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पूनः अम्बिका पौडेल

रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पूनः अम्बिका पौडेल

हेटौंडा — रोटरी क्लब अफ हेटौंडा अन्तर्गतको रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः अम्बिका पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा लक्ष्मी थापा, सानु सुनार, सुशिला बर्तौला, मिठु कार्की, पार्वती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला रहेका छन्। कार्यक्रम रोटरी ईन्टरनेश्नल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्यतामा र अम्बिका पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा रोटरी जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी सामुदायिक संघ समितिका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.