सबै समाचार

1003 Posts
पूर्वपश्चिम राजमार्गका पुलमाथि ओभरलोड ट्रकको दबाव : नारायणी यातायात व्यवसायीको गम्भीर चिन्ता

पूर्वपश्चिम राजमार्गका पुलमाथि ओभरलोड ट्रकको दबाव : नारायणी यातायात व्यवसायीको गम्भीर चिन्ता

हेटौंडा । पूर्वपश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण पुल भाँचिने र राजमार्ग भासिने घटनामा वृद्धि भइरहेकामा नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो अवस्था जारी रहँदा सार्वजनिक यातायात सेवा प्रभावित भएको र यात्रु तथा मालवाहक सवारी साधनले अनावश्यक झन्झट व्यहोर्नुका साथै आर्थिक क्षति बेहोर्नु परेको जनाउँदै चिन्ता व्यक्त गरेको हो। कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले पुल भाँचिनुका पछाडि मुख्यतः क्षमताभन्दा बढी भार बोकेका ट्रकहरू जिम्मेवार रहेको दाबी गर्नुभयो। उहाँले विशेषगरी भारतीय नम्बर प्लेटका मालवाहक गाडीले ओभरलोडिङ गर्दा पुराना तथा मर्मतविहीन पुलहरू भाँचिएको उदाहरण प्रस्तुत गर्नुभयो। गत २०८२ वैशाख…
Read More
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ वार्षिक उत्सव सम्पन्न

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ वार्षिक उत्सव सम्पन्न

हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १२औँ वार्षिक उत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रम बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। उत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सेवा प्रवाहमा नागरिकको अपेक्षा अनुसार ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै राज्यका संरचनाहरू उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बेला आएको बताइन्। उनले हेटौँडामा न्यूनतम १० युनिटसम्मको पानी खपत गर्ने उपभोक्ताको महसुल मिनाहा गरिएको जनाउँदै जनमुखी सेवामा प्राथमिकता दिन आग्रह गरिन्। कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सब–इन्जिनियर प्रवीण…
Read More
हेटौंडामा पहिलोपटक जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने

हेटौंडामा पहिलोपटक जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने

हेटौंडा । हेटौंडामा पहिलो संस्करणको जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ। मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (बालकुमारी आइकेओ) युनियनको आयोजनामा प्रतियोगिता यही जेष्ठ २४ गते हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न हुने संघले जनाएको छ। संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठका अनुसार, प्रतियोगिताको उद्देश्य युवा पुस्तालाई मानसिक तथा शारीरिक रुपमा सबल बनाउनुका साथै जिल्लामा खेलकुदको विकास गर्नु हो। प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा मकवानपुरको मनहरी गाउँपालिका, बागमती गाउँपालिका र थाहा नगरपालिकाबाट करिब १५० जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगितामा महिलातर्फ ३५ केजी,…
Read More
‘भीमफेदीको बगर’ सार्वजनिक

‘भीमफेदीको बगर’ सार्वजनिक

मकवानपुर । संगीतकार तथा गायक अदित श्रेष्ठको नयाँ गीत ‘भीमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शनिबार सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा श्रेष्ठकै शब्द तथा स्वर रहेको छ। गीतमा संगीत संयोजन याकुब तामाङले गरेका छन् भने होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई याकुब विटस्‌ले मिक्सिङ गरेका हुन्। भिडियोको निर्देशन निर्मलकुमार लामाले गरेका छन् भने छायाङ्कन र सम्पादन सुमित तामाङको रहेको छ। भिडियोमा कलाकारका रूपमा ‘भिमफेदी गाइज’ र मिस तामाङकी विजेता तथा कलाकार रिया लामा देखिएका छन्। म्युजिक भिडियो प्रेममय जोडीको जीवनका मिठा–नमिठा क्षणहरूलाई समेट्दै प्रस्तुत गरिएको छ। सानै उमेरदेखि गायनमा रुचि राख्दै आएका श्रेष्ठका अनुसार यो उनीद्वारा सार्वजनिक…
Read More
हेटौंडा–११ मा लागुपदार्थ दुर्व्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना सम्पन्न

हेटौंडा–११ मा लागुपदार्थ दुर्व्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ मा लागू पदार्थ, दुर्व्यसन, साइबर क्राइम तथा आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा सामुदायिक सेवा केन्द्र, हेटौंडा–११ र टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ को व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । प्रमुख अतिथि जुना दाहालले युवावर्गलाई लागूपदार्थ, दुर्व्यसन र साइबर अपराधबाट जोगाउन सामुदायिक तहबाट नै सचेतनामूलक गतिविधिहरू आवश्यक रहेको बताउनुभयो। समाजमा बढ्दो दुर्व्यसन र मानसिक असन्तुलनले…
Read More
बागमती प्रदेशको वैदेशिक रोजगार सम्बन्धी विषयगत समितिसँग अन्तरक्रिया सम्पन्न

बागमती प्रदेशको वैदेशिक रोजगार सम्बन्धी विषयगत समितिसँग अन्तरक्रिया सम्पन्न

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा वैदेशिक रोजगारी सम्बन्धी प्रदेश सभाको विषयगत समितिका पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार हेटौंडामा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । श्रम तथा रोजगारी र मानसिक स्वास्थ्य क्षेत्रका नीतिगत व्यवस्था, प्रदेश सरकारको भूमिका तथा त्यसको कार्यान्वयनको अवस्थाको समीक्षा गरी सुधारका उपायहरू खोज्ने उदेश्यको साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागी वक्ताहरूले वैदेशिक रोजगारी र मानसिक स्वास्थ्य जस्ता संवेदनशील विषयहरूलाई प्रदेश सरकारको वार्षिक तथा आवधिक योजनामा प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा जोड दिए। साथै, यी क्षेत्रलाई अझ व्यवस्थित गर्न भावी नीति,…
Read More
ज्ञान प्राप्त प्राथमिक विद्यालय, मामदमारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ज्ञान प्राप्त प्राथमिक विद्यालय, मामदमारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मकवानपुर । बकैया गाउँपालिका–७ मामदमारमा अवस्थित ज्ञान प्राप्त प्राथमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। मकवानपुरको शैक्षिक क्षेत्रमा सक्रिय संस्था ग्रामीण असहाय बालबालिका पुनःस्थापना केन्द्र, हेटौंडाद्वारा शैक्षिक सामग्री वितरण गरिएको हो। संस्थाले विद्यार्थीहरूलाई कापी, कलम, विद्यालय पोशाक र झोला वितरण गरेको हो। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित र खुसी देखिएको विद्यालयकी शिक्षिका नविना शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । “विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी हामी सबैका लागि प्रेरणादायक छ,” शिक्षिका शर्माले भन्नुभयो। उहाँका अनुसार यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप प्रेरणा मिल्नेछ।
Read More
मकवानपुरबाट चोरी भएका दुई ट्रक चितवनमा फेला, धनीलाई बुझाइयो

मकवानपुरबाट चोरी भएका दुई ट्रक चितवनमा फेला, धनीलाई बुझाइयो

हेटौंडा । मकवानपुर जिल्लाबाट हालै चोरी भएका दुई वटा ट्रक चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनारमा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, ईश्वर बलामीले संचालन गर्दै आएका ना ३ ख ७३२० नम्बरको ट्रक गत २०८२ साल वैशाख ३० गते नवलपुरस्थित एक ग्यारेजमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो। त्यस्तै, हरि बहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक जेठ १ गते घर अगाडि पार्किङ गरिएको अवस्थामा हराएको थियो। दुवै ट्रक हराएको सम्बन्धमा प्राप्त निवेदनको आधारमा गरिएको खोजतलासका क्रममा ट्रकहरू चितवनको खैरहनी नगरपालिका वडा नं. ९ मा सडकछेउ फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका ट्रकहरूलाई…
Read More
चलचित्र पत्रकार संघ मकवानपुरद्वारा चार व्यक्तित्व सम्मानित

चलचित्र पत्रकार संघ मकवानपुरद्वारा चार व्यक्तित्व सम्मानित

हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा जिल्लाका चार विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। शनिबार हेटौंडामा आयोजित कार्यक्रममार्फत गोकुल अधिकारी, अनन्त वाग्ले, रेनिस फागो र बालकलाकार शुपला सापकोटा सम्मानित भएका हुन्। रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जका स्टेशन म्यानेजरसमेत रहेका सञ्चारकर्मी गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट सम्मान गरिएको छ। अधिकारी दुई दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन्। तीन दशकभन्दा लामो समयदेखि छापा पत्रकारितामा क्रियाशील वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ अन्तर्गत नगद ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरिएको हो। रंग संयोजनमार्फत नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिएका रेनिस…
Read More
साहित्य संगमले हेटौंडामा ८ स्रष्टालाई सम्मान गर्ने

साहित्य संगमले हेटौंडामा ८ स्रष्टालाई सम्मान गर्ने

हेटौंडा । साहित्य संगम मकवानपुरले जिल्लाका आठ जना स्रष्टालाई सम्मान गर्ने भएको छ। संस्था स्थापनाको ३५५औं नियमित साहित्य सन्ध्या तथा ‘संगम साहित्य उत्सव २०८२’ को अवसरमा उनीहरूलाई सम्मान गर्न लागिएको हो। संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ १० गते शनिबार हेटौंडास्थित पार्टी प्यालेसमा आयोजना हुने विशेष कार्यक्रममा विभिन्न विधामा सक्रिय स्रष्टाहरुलाई सम्मान गर्ने जानकारी दिएको हो। साहित्य संगमका सचिव मनोज पोखरेलका अनुसार ‘मकवानपुर साहित्य श्री सम्मान २०८१’ बाट राजकुमार लामिछानेलाई रु १५,५५५ सहित सम्मान गरिनेछ। यस्तै, ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१’ बाट टीका आत्रेय, ‘विनोद सुनिता सुवेदी सम्मान २०८१’ बाट रामकुमार एलन (रु ११,१११), र ‘दिपक मुडभरी स्मृति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.