मकवानपुरबाट चोरी भएका दुई ट्रक चितवनमा फेला, धनीलाई बुझाइयो

हेटौंडा । मकवानपुर जिल्लाबाट हालै चोरी भएका दुई वटा ट्रक चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनारमा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, ईश्वर बलामीले संचालन गर्दै आएका ना ३ ख ७३२० नम्बरको ट्रक गत २०८२ साल वैशाख ३० गते नवलपुरस्थित एक ग्यारेजमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो।

त्यस्तै, हरि बहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक जेठ १ गते घर अगाडि पार्किङ गरिएको अवस्थामा हराएको थियो।

दुवै ट्रक हराएको सम्बन्धमा प्राप्त निवेदनको आधारमा गरिएको खोजतलासका क्रममा ट्रकहरू चितवनको खैरहनी नगरपालिका वडा नं. ९ मा सडकछेउ फेला पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ट्रकहरूलाई आज जेठ ३ गते जिल्ला प्रहरी कार्यालयमा बोलाइ धनीहरूले सनाखत गरी प्रमाणित गरेपछि सम्बन्धित ट्रकहरू फिर्ता दिइएको हो।

हाल चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.