ज्ञान प्राप्त प्राथमिक विद्यालय, मामदमारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मकवानपुर । बकैया गाउँपालिका–७ मामदमारमा अवस्थित ज्ञान प्राप्त प्राथमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। मकवानपुरको शैक्षिक क्षेत्रमा सक्रिय संस्था ग्रामीण असहाय बालबालिका पुनःस्थापना केन्द्र, हेटौंडाद्वारा शैक्षिक सामग्री वितरण गरिएको हो।

संस्थाले विद्यार्थीहरूलाई कापी, कलम, विद्यालय पोशाक र झोला वितरण गरेको हो। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित र खुसी देखिएको विद्यालयकी शिक्षिका नविना शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

“विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी हामी सबैका लागि प्रेरणादायक छ,” शिक्षिका शर्माले भन्नुभयो। उहाँका अनुसार यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप प्रेरणा मिल्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.