सबै समाचार

1003 Posts
हेटौँडा स्कूल अफ म्यानेजमेन्टले पूर्ण छात्रवृत्तिमा शिक्षाशास्त्र पढाउने, दक्ष शिक्षक उत्पादन गर्ने

हेटौँडा स्कूल अफ म्यानेजमेन्टले पूर्ण छात्रवृत्तिमा शिक्षाशास्त्र पढाउने, दक्ष शिक्षक उत्पादन गर्ने

हेटौंडा । देशभरि देखिएको शिक्षक अभावलाई मध्यनजर गर्दै हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले नवोदय इनोभेसन सेन्टरको सहकार्यमा कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने भएको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको यो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने तयारी गरिएको छ। विद्यालयका प्राचार्य पुरन बहादुर जोशी र नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालले संयुक्त रूपमा कार्यक्रमको घोषणा गर्दै दक्ष शिक्षक उत्पादन गर्ने दीर्घकालीन योजनासहित यो शैक्षिक पहल ल्याइएको जानकारी दिए। प्रारम्भमा कक्षा ११ का लागि नेपाली, सामाजिक, अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्ययन गराउने र ३० जना विद्यार्थीलाई शिक्षाशास्त्रमा भर्ना लिने योजना बनाइएको छ। पूर्ण छात्रवृत्तिसहित सञ्चालन…
Read More
मकवानपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट, चालु आर्थिक वर्षमा २८८६ मुद्दा टुङ्गियो

मकवानपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट, चालु आर्थिक वर्षमा २८८६ मुद्दा टुङ्गियो

हेटौँडा । जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षमा आफ्नो वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ। अदालतले चालु आर्थिक वर्षमा २ हजार ८ सय ८६ मुद्दा फछ्र्यौट गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। जिल्ला अदालतले चालु आर्थिक वर्षका लागि २ हजार ७ सय ३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो। सो लक्ष्यभन्दा १ सय २९ मुद्दा बढी फछ्र्यौट गर्न अदालत सफल भएको हो। अदालतकी श्रेस्तेदार रोशी भण्डारीका अनुसार चालु आर्थिक वर्षको असार ३० गतेसम्म अदालतले कुल मुद्दामध्ये ६९.११ प्रतिशत फछ्र्यौट गरेको छ भने वार्षिक लक्ष्यको आधारमा १०४.७१ प्रतिशत लक्ष्य प्राप्ति गरेको छ। भण्डारीका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी…
Read More
हटियामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास, ८ करोड बढीको लागतमा निर्माण हुने

हटियामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास, ८ करोड बढीको लागतमा निर्माण हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त अस्पतालको मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गर्नुभएको हो। बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयनमा ल्याइने यो परियोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, कम्पाउण्ड, पार्किङ लगायतका संरचनाहरू निर्माण गरिनेछन्। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शैयाको अस्पताल निर्माण गर्ने योजना रहेको छ। यसको पहिलो चरणमा १५ शैयाको अस्पताल निर्माण सुरु भइसकेको छ। निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माण कार्य अघि बढाइनेछ। कुल…
Read More
बागमती प्रदेशका १० जिल्लामा १२० सिसिटिभी क्यामरा, शान्ति सुरक्षामा सुधारको अपेक्षा

बागमती प्रदेशका १० जिल्लामा १२० सिसिटिभी क्यामरा, शान्ति सुरक्षामा सुधारको अपेक्षा

हेटौँडा । बागमती प्रदेशका १० जिल्लामा सिसिटिभी क्यामरा जडान गरी सञ्चालनमा ल्याइएको छ। मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सिसिटिभी जडान तथा सञ्चालन कार्यक्रमको उद्घाटन गर्नुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै निगरानी र अपराध रोकथामलाई प्रभावकारी बनाउन प्रदेशभरका ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको हो। उद्घाटन समारोहमा मन्त्री लामिछानेले क्यामरा जडानले प्रदेशको शान्ति सुरक्षालाई व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रहरी कार्यालयका नयाँ भवन निर्माण, संरचना सुधार र थप क्यामरा जडानका लागि आगामी वर्षका लागि ३ करोड रुपैयाँ बजेट…
Read More
छाउपडीले लियो अर्को ज्यान : अखिल नेपाल महिला संघ (समाजवादी)द्वारा दोषीमाथि कारवाहीकाे माग

छाउपडीले लियो अर्को ज्यान : अखिल नेपाल महिला संघ (समाजवादी)द्वारा दोषीमाथि कारवाहीकाे माग

हेटौँडा । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको घटनाले अखिल नेपाल महिला संघ (समाजवादी) स्तब्ध भएको जनाएको छ। घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै संगठनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। गत असार २८ गते राति भएको उक्त घटनामा आउजीलाई सर्पले टोकेपछि उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण नेपालमा महिनावारी हुँदा कोही महिलाहरू स्वतःस्पुर्त, कोही परिवार र समुदायको दबाबमा परी अझै पनि छाउगोठ बस्न बाध्य छन्।” महिलाको समानताको हक संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको…
Read More
हेटौँडामा भानुजयन्ती अवसरमा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न

हेटौँडामा भानुजयन्ती अवसरमा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न

हेटौँडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा आदि कवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा जिल्लास्तरीय माध्यमिक तहको कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा हेटौँडा एकेडेमीकी रोज कार्की पहिलो, बालजागृति मलिश सेकेण्डरी स्कुलकी आशिका न्यौपाने दोस्रो र अमर माविकी रोशिका भट्टराई तेस्रो स्थानमा परेका छन्। गोरक्षनाथ माविकी इन्दिरा विश्वकर्मालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको व्यवस्थापनमा आयोजित कार्यक्रम आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी सुरु गरिएको थियो। कार्यक्रममा भानुभक्तको जीवन र योगदानमाथि परिचर्चा, प्रतियोगितात्मक कविता वाचन, शुभकामना मन्तव्य तथा साहित्यकारहरूको रचना वाचन समेत गरिएको थियो। भानुभक्त प्रतिष्ठान बागमती प्रदेशका संयोजक हयग्रिव आचार्यको प्रमुख आतिथ्यतामा तथा साहित्य…
Read More
बुढ्यौलीले मनाए भानु जयन्ती

बुढ्यौलीले मनाए भानु जयन्ती

बर्दिबास, महोत्तरी । बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा जनता माध्यमिक विद्यालय बर्दिबासको सभाकक्षमा सोमबार २१२ औँ भानु जयन्ती भव्य रूपमा मनाइएको छ। कार्यक्रमको सुरुमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरी औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले र सचिव रामचन्द्र पौडेलको उपस्थितिका साथै महोत्तरी, धनुषा र सर्लाहीबाट आएका चर्चित साहित्यकार प्रेम घिमिरे, राजेश्वरी काफ्ले, दिनेश गरिब पौडेल, नारायण घिमिरे, उद्धव अविचल, गणेश घिमिरे, बिपिराज दहाल, निरप्रसाद शर्मा, गणेश तिमल्सिना, रमेश बस्नेत, विणा हमाल र भारतीय कवि मो. कमरुद्दिन नदाफले आफ्ना कविता, गीत र गजल प्रस्तुत गरी माहोललाई साहित्यिक रंगले भरिदिएका थिए। त्यस्तै रचना वाचन…
Read More
आयुर्वेदलाई बागमती प्रदेश सरकारको प्राथमिकता : मन्त्री थापा

आयुर्वेदलाई बागमती प्रदेश सरकारको प्राथमिकता : मन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले आयुर्वेद सेवा र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ। हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नवनिर्मित साढे २ तले भवनको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले प्रदेशका विभिन्न ठाउँमा आयुर्वेद भवन निर्माण गरी सेवा विस्तार तथा व्यवस्थापनमा जोड दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार सातै प्रदेशमध्ये सबैभन्दा व्यवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सेवा बागमती प्रदेशमै रहेको छ। मन्त्री थापाले चितवन र नुवाकोटमा आयुर्वेदको अन्तरंग सेवा सुरु भइसकेको उल्लेख गर्दै मकवानपुरमा पनि चाँडै अन्तरंग सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार असोज महिनासम्म सरकारले निःशुल्क वितरण गर्दै…
Read More
राप्रपा मकवानपुर क्षेत्र नं. १ ‘ख’ मा सापकोटा निर्वाचित

राप्रपा मकवानपुर क्षेत्र नं. १ ‘ख’ मा सापकोटा निर्वाचित

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ ‘ख’ अन्तर्गतको दोस्रो क्षेत्रीय अधिवेशन शनिबार हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा सम्पन्न भएको छ। अधिवेशनबाट देवनारायण सापकोटा क्षेत्रीय अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले सापकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ। बैठकले आगामी दिनमा दुई उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र एक सहसचिव तोक्ने जानकारी दिइएको छ। सापकोटा यसअघि पार्टीको स्थानीय संयोजकको भूमिकामा सक्रिय रहिसकेका छन्। अधिवेशनको उद्घाटन समारोह पूर्व अध्यक्ष उमेश थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह सहभागी भएका थिए। साथै, राप्रपा केन्द्रीय सदस्यहरू, स्थानीय नेताहरू, र…
Read More
भानु जयन्तीमा प्रदेश प्रमुख देवकोटाबाट साहित्यिक चेतनाको नयाँ युगको कामना

भानु जयन्तीमा प्रदेश प्रमुख देवकोटाबाट साहित्यिक चेतनाको नयाँ युगको कामना

मकवानपुर । २१२ औँ भानु जयन्तीको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपाली भाषा, साहित्य र संस्कृतिको गौरवपूर्ण योगदानका प्रतीक आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै नेपालीमा साहित्यिक चेतना र एकताको भावना प्रगाढ बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। विसं १८७१ असार २९ गते तनहुँको चुंदी रम्घामा जन्मिनु भएका भानुभक्त आचार्यले वाल्मिकी कृत रामायणको नेपाली अनुवादमार्फत नेपाली भाषालाई साहित्यिक धरातलमा स्थापित गर्दै जनजिब्रोमा मिसाउने ऐतिहासिक योगदान पुर्‍याएको प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रा गाउँघरहरू रामायणका श्लोक वाचनले गुन्जायमान हुन्थे। प्रायः सबैका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो र आज पनि छ।” भानुभक्तको अनुवादले नेपाली भाषासँगै सांस्कृतिक चेतना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.