सबै समाचार

1003 Posts
शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ

शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने तीन जना पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योगभित्र चोरी गरेको आरोपमा तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२ साउन ३ गते उद्योगको मेकानिकल वर्कशपभित्र रहेको क्रसरको सापटको बुस (पितलको) लगायतका सामाग्री चोरी भएको उजुरी प्राप्त भएपछि अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न तीन जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सर्लाहीको बसबढिया गाउँपालिका–३ निवासी २५ वर्षीय सुनिल कुमार यादव, रौतहटको गरुडा नगरपालिका–५ निवासी २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेश कुमार यादव रहेका छन्। उनीहरूलाई हेटौँडा उपमहानगरपालिका–१५ स्थित सडकबाट साउन ५ र ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि…
Read More
हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयको १९औं अभिभावक भेला सम्पन्न

हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयको १९औं अभिभावक भेला सम्पन्न

हेटौंडा । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को १९औं अभिभावक भेला सोमबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न उक्त भेलामा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी प्रमुख अतिथि रहनुभएको थियो। भेलालाई सम्बोधन गर्दै मन्त्री खड्गीले विद्यालय तहमै पूर्वव्यावसायिक शिक्षा तथा नैतिक शिक्षालाई अनिवार्य रूपमा समावेश गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्तो शिक्षाले विद्यार्थीको व्यवहार, ज्ञान र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको आगामी योजना र कार्यक्रमहरूबारे जानकारी दिनुभयो। सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक रमेश प्रसाद…
Read More
गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

हेटौंडा । मकवानपुरका युवा गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा सक्रिय गायक लामाले आफ्नो आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्। कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको यो गीतमा प्रेमिल भावना र लोकशैलीको समिश्रण गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका छन् भने संगीत संयोजन चेतन लामाले गरेका हुन्। गीतलाई जोगलाल लामाले एरेन्ज गरेका छन्। ‘म्हारला व्यापारी’ को मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन् भने रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो। यसअघि प्रकाशित गीतहरूबाट राम्रै चर्चा बटुलेका गायक लामाले यो गीतमार्फत आफ्नो सांगीतिक यात्रा अझ सशक्त बनाउने…
Read More
नेपाल प्रेस युनियन मकवानपुरले कक्षा १२ उत्तीर्णलाई मात्र नयाँ सदस्यता दिने

नेपाल प्रेस युनियन मकवानपुरले कक्षा १२ उत्तीर्णलाई मात्र नयाँ सदस्यता दिने

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले संगठन सुदृढीकरण र सञ्चारकर्मीको संस्थागत सहभागिता विस्तार गर्ने उद्देश्यसहित १०० दिने विशेष सदस्यता अभियान सुरु गर्ने भएको छ। साउन ४ गते काठमाडौँमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार, अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ। उक्त निर्णयअनुसार, कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीहरूलाई मात्र नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले जानकारी दिएका छन्। यस अभियानलाई प्रभावकारी बनाउन मकवानपुर शाखाले सोमबार हेटौंडामा सम्पन्न कार्यसमिति बैठकबाट विभिन्न निर्णयहरू गरेको छ। सो बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियानसमेत सञ्चालन गर्ने निर्णय लिएको छ। कार्यक्रम अन्तर्गत…
Read More
हेटौँडामा “स्वर समर्पण” जनसाँस्कृतिक साँझको तयारी तीव्र, २७ सदस्यीय स्वयम्सेवक उपसमिति गठन

हेटौँडामा “स्वर समर्पण” जनसाँस्कृतिक साँझको तयारी तीव्र, २७ सदस्यीय स्वयम्सेवक उपसमिति गठन

हेटौंडा । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको व्यवस्थापनमा यही साउन ७ गते हेटौंडामा आयोजना हुने जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को तयारी तीव्र पारिएको छ। कार्यक्रमलाई सफल बनाउन पार्टी जिल्ला स्वयंसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ। उपसमितिमा स्वयंसेवक विभागबाट ७ जना र एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई/दुई जना गरी २७ जना चयन गरिएका हुन्। संयुक्त बैठकले सुरेश बेरोजगारलाई कार्यक्रम अवधिभर स्वयम्सेवक परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। कार्यक्रममा सहभागीलाई समुचित व्यवस्थापन, अनुशासन र सहयोग सुनिश्चित गर्न उपसमिति सक्रिय रुपमा जुट्ने जनाएको छ।…
Read More
पुष्पलालको स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने

पुष्पलालको स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा 'स्वर समर्पण – जनसाङ्गीतिक साँझ' कार्यक्रम आयोजना हुने भएको छ। नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा यो कार्यक्रम आउँदो साउन ७ गते हुने तय भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा १४ वटा जनवादी गीतहरूको प्रस्तुति दिइने जनाइएको छ। साथै अनेरास्ववियु लगायत अन्य विभिन्न जनसंगठनहरूले पनि सांस्कृतिक प्रस्तुति दिनेछन्। जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले संयन्त्रबारे जानकारी दिँदै भने,…
Read More
हेटौंडामा लागूऔषधसहित ७ जना पक्राउ, थप अनुसन्धान जारी

हेटौंडामा लागूऔषधसहित ७ जना पक्राउ, थप अनुसन्धान जारी

हेटौंडा । लागूऔषध कारोबार भईरहेको विशेष सूचनाका आधारमा मकवानपुर प्रहरीले साउन २ र ३ गते विशेष अभियान चलाएर ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले हेटौंडा तथा आसपासका विभिन्न स्थानमा छापा मार्दै अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ र ५ का २०–२० वर्षीय दुई युवक, भीमफेदी गाउँपालिका वडा नं. २ कालिकाटारकी १९ वर्षीया युवती, मकवानपुरगढी गाउँपालिका वडा नं. २ बाँसपानीकी १९ वर्षीया युवती छन्। उनीहरूको साथबाट २ ग्राम २१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, हेटौंडा–१५…
Read More
मकवानपुर जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न, रेडक्रस अभियान सशक्त बनाउने निर्णय

मकवानपुर जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न, रेडक्रस अभियान सशक्त बनाउने निर्णय

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। चन्द्रोदय माध्यमिक विद्यालय, हेटौंडाको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरिका ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोष्ठीमा रेडक्रसलाई शैक्षिक संस्थामा अभियानको रूपमा अघि बढाउने विषयमा केन्द्रित छलफल भएको थियो। कार्यक्रममा जुनियर/युवा रेडक्रस सर्कलको गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी सञ्चालन गर्ने, पालिका स्तरमा प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिमहरू सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरिएका छन्। रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समिति संयोजक शिवहरि दाहालले आगामी भदौ १३ र १४ गते अरनिको मावि, हेटौंडा–१९ नेवारपानीको…
Read More
हेटौंडामा लागूऔषधसहित पाँच युवक र एक महिला पक्राउ, अनुसन्धान जारी

हेटौंडामा लागूऔषधसहित पाँच युवक र एक महिला पक्राउ, अनुसन्धान जारी

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मार्दै लागूऔषध कारोबारमा संलग्न आरोपमा पाँच जना युवक र एक जना महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार, साउन २ गते हेटौंडा उपमहानगरपालिका–२, पुरानो मनकामनापथस्थित डेरामा बस्दै आएका २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको हो। बिहान ११:३० बजे खटिएको प्रहरी टोलीले उनको शरीर तथा कोठा खानतलासी गर्दा लुकाइछिपाई राखिएको १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। युवकलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यस्तै, साउन…
Read More
हेटौंडामा आठौँ कोरा साइकल च्यालेन्ज साउन ३ गते हुने

हेटौंडामा आठौँ कोरा साइकल च्यालेन्ज साउन ३ गते हुने

हेटौँडा । हेटौँडामा साइकलयात्राको प्रवर्द्धन र धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित कोरा साइकल च्यालेन्जको आठौँ संस्करण साउन ३ गते आयोजना हुने भएको छ। हेटौँडा राइडर्स क्लबको आयोजनामा हुने उक्त साइकल च्यालेन्जबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार, हेटौँडा सहरलाई साइकलसँग जोड्ने र स्थानीय तीर्थस्थल तथा बस्तीहरूलाई चिनाउने उद्देश्यले कोरा साइकल यात्रा २०१८ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ। यस वर्षको च्यालेन्जमा ५० किलोमिटर लामो दूरीको साइकल यात्रा हुनेछ, जसमा १२ वर्षभन्दा माथिका महिला र पुरुष सहभागी हुन पाउनेछन्। च्यालेन्जमा मकवानपुरसँगै चितवन, बारा, पर्सा र काठमाडौँबाट समेत साइकलयात्रीहरूको सहभागिता रहनेछ। यसपटक ३…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.