सबै समाचार

1003 Posts
हुप्राचौरमा ‘जलबेरी सोडा हाउस’ सञ्चालन, प्राकृतिक स्वादयुक्त सोडा उपलब्ध

हुप्राचौरमा ‘जलबेरी सोडा हाउस’ सञ्चालन, प्राकृतिक स्वादयुक्त सोडा उपलब्ध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा ‘जलबेरी सोडा हाउस’ नामक नयाँ व्यवसाय शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। गर्मी यामलाई लक्षित गर्दै सुरु गरिएको सो सोडा हाउसले स्वादिलो, ताजगीयुक्त र स्वास्थ्यलाभदायक पेय पदार्थ उपलब्ध गराउने लक्ष्य राखेको छ। सोडा हाउसका प्रोप्राइटर सुशान्त ढुंगानाका अनुसार यहाँ आँप, सुन्तला, मसला, लेमन, ब्लुबेरी, स्ट्रबेरी, स्वीट लेमन, ‘ह्याङओभर सोडा’ लगायतका विभिन्न स्वादका सोडाहरू उपलब्ध छन्। “हामीले स्वच्छता, स्वाद र गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं,” ढुंगानाले भने। उनका अनुसार यहाँ आयुर्वेदिक मसला मिश्रित ग्यास्ट्रिक सोडा पनि पाइनेछ, जुन पाचनमा मद्दत गर्ने विश्वास गरिएको छ। उनले थपे, “बजारमा पाइने धेरै बोटलिङ्ग ड्रिङ्कमा रसायनको प्रयोग हुने हुँदा हामीले…
Read More
साईकलमा हुँईकिने पत्रकारलाई हेटौँडामा सम्मान

साईकलमा हुँईकिने पत्रकारलाई हेटौँडामा सम्मान

हेटौंडा । वातावरण जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै हिमालयन राइडर्स सोसाइटी हेटौंडाले ६ जनालाई सम्मन गरेको छ । २४ वर्षदेखि निरन्तर दैनिक कामकाजका निम्ति साइकल सवार गरिरहेका पत्रकार गोबिन्द न्यौपाने, ३० वर्षदेखि साइकल सवार हेटौंडा–६ रामनगर निवासी स्कुल अफ मेनेजमेन्टमा कार्यरत् आइतमान मुक्तान, सिटी कलेज हेटौंडामा कार्यरत् १४ वर्षदेखि साइकल सवार हेटौंडा–६ निवासी रामप्रसाद पोखरेल, सिटी कलेजका शिक्षक सिन्धुपाल्चोक चौतारा निवासी ३ वर्षदेखि निरन्तर साइकल सवार लक्ष्मण तामाङ, रिलायन्स सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत् हेटौंडा–५ पिप्ले निवासी दीक्षान्त सुबेदी र १४ वर्षदेखि साइकल सवार हेटौंडा–४ निवासी मकवानपुर क्याम्पसका प्राध्यापक जयराम गौतमलाई सम्मान गरिएको हो । शनिबार उनीहरुलाई हेटौंडा–४ का अध्यक्ष नवीन…
Read More
सातौं शहिद स्मृति महिला गोल्डकपमा ८ लाख बढी मुनाफा

सातौं शहिद स्मृति महिला गोल्डकपमा ८ लाख बढी मुनाफा

हेटौंडा । सातौं शहिद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताले ८ लाख ३५ हजार रुपैयाँ मुनाफा कमाएको छ। प्रतियोगिता सम्पन्न भएको दुई महिनापछि शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले आय–व्यय विवरण सार्वजनिक गरेको हो। संघका कोषाध्यक्ष अमृत लुङबाले प्रतियोगिताबाट कुल ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी र ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा २०८२ वैशाख १९ देखि २५ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए। फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो। हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा…
Read More
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा प्रकाश श्रेष्ठ नियुक्त

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा प्रकाश श्रेष्ठ नियुक्त

हेटौँडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री को जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामा केही दिनका लागि बेलायत प्रस्थान गर्न लागेकाले उनको अनुपस्थितिमा मन्त्री श्रेष्ठलाई प्रदेश सरकारको नेतृत्वको जिम्मेवारी दिइएको हो। मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको हो। मुख्यमन्त्री लामा बेलायतमा छोरीको दीक्षान्त समारोहमा सहभागी हुनुका साथै धादिङ–नुवाकोट समाज र तामाङ समुदाय द्वारा आयोजना गरिने विभिन्न औपचारिक कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको छ। प्रकाश श्रेष्ठले असार २५ गतेदेखि कार्यवाहक मुख्यमन्त्रीको रूपमा बागमती प्रदेश सरकारको नेतृत्व सम्हाल्ने छन्। यो जिम्मेवारी उनले मुख्यमन्त्री लामा स्वदेश फर्किने समयसम्म…
Read More
हेटौँडामा शंकरज्योति माविलाई वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग

हेटौँडामा शंकरज्योति माविलाई वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११, सिमलटारस्थित शंकरज्योति माध्यमिक विद्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको तर्फबाट इलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग गरिएको छ। समितिको २५औं स्थापना दिवस तथा रजत महोत्सव–२०८२ को अवसरमा प्रदान गरिएको यो सहयोग सामग्री विद्यालयमा एक कार्यक्रमका बीच समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई हस्तान्तरण गरे। अध्यक्ष अधिकारीले संस्थाले समाज रुपान्तरणका विभिन्न पक्षहरूमा समर्पित भएर कार्य गर्दै आएको जानकारी दिए। उनले शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच हुनु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुवैका लागि अत्यन्त आवश्यक भएको बताए। प्रधानाध्यापक रिजालले सहयोगप्रति आभार प्रकट गर्दै भने, "स्वस्थकर पानी पिउन पाउनु हरेक विद्यार्थीको आधारभूत आवश्यकता…
Read More
विपत् प्रतिकार्यमा जुट्न बागमति प्रदेश प्रमुखको अपिल

विपत् प्रतिकार्यमा जुट्न बागमति प्रदेश प्रमुखको अपिल

मकवानपुर । छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको अत्यधिक वर्षापछि भोटेकोसी नदीमा एक्कासी आएको भीषण बाढीले मुख्यतः बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएपछि बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबैलाई सचेत रहन र सहयोगमा जुट्न अपिल गर्नुभएको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये केहीको शव फेला परेको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले विपद्को यस घडीमा पीडित तथा प्रभावितलाई सक्दो सहायता पुर्‍याउन आग्रह गर्नुभएको हो। सोमबार राति चीनतर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारीसाधन, जलविद्युत परियोजनालगायत संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै सडक समेत बगाएको…
Read More
हेटौंडामा कृषि यन्त्र उपकरण वितरण

हेटौंडामा कृषि यन्त्र उपकरण वितरण

हेटौंडा । "कृषि उत्पादनमा यान्त्रिकीकरण प्रवर्द्धन गर्दै स्थानीय कृषकहरूको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने" उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सञ्चालन गरिएको यस कार्यक्रममा स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरिएको हो। कार्यक्रम ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौंडा’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमै आयोजित गरिएको थियो। कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, नगर उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदिप रेग्मी लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा लाभार्थी कृषकहरूको सहभागिता रहेको थियो। कृषि विकास…
Read More
हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई र सम्मान

हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई र सम्मान

हेटौंडा । चिरञ्जीवी `नेपाली´ स्मृति प्रतिष्ठान चितवनको आयोजनामा मकवानपुरको दिव्य सेवा निकेतन, रातमाटे हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई रु.१५,०००/- सहित चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण गरिएको छ । कार्यक्रममा रञ्जु दाहाल, रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइरालालगायतले रचना वाचन गर्नुभएको थियो भने निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमनकिरण आदिले कविता, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा जनार्दन खनाल, अरुण खतिवडा, डी.बी. बर्तौला, पूर्णकला घिमिरे, देवराज तिवारी, निरा पराजुलीलगायतका साहित्यकारको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कपिल अज्ञातले, प्रमुख आतिथ्य प्रोल्लास…
Read More
मकवानपुरका २९ रेडक्रस उपशाखाको सहभागितामा समन्वय बैठक सम्पन्न

मकवानपुरका २९ रेडक्रस उपशाखाको सहभागितामा समन्वय बैठक सम्पन्न

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला भरिका सबै २९ वटै उपशाखाको सहभागीतामा बिपद ब्यबस्थापन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । बैठकले जिल्लामा हुनसक्ने बिपद जोखिमलाई न्यूनीकरण गर्न आबस्यक सामाग्री एवं जनशक्तिको ब्यवस्थापन गर्दै सम्पुर्ण तालिम प्राप्त स्वंमसेवकलाइ तयारी अबस्थामा राख्ने, उपशाखाको बैधानिक दायित्व पूरा गर्दै बार्षिक साधारणसभाको तयारी गर्ने लगायतको महत्त्वपूर्ण निर्णयहरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपसभापती यसोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला शाखाका मन्त्री सुमित्रा काफ्लेले समग्र बिपद ब्यबस्थापन तथा उपशाखाको परिचालन, उपमन्त्री शिबहरि दाहालले जुनियर/ युवा सर्कल एवं स्वंमसेवक परिचालनका बारेमा छलफल चलाउनुभएको थियो । बैठकमा कोषाध्यक्ष किशोर…
Read More
हेटौंडामा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

हेटौंडामा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

मकवानपुर । नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागको आयोजनामा  बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले मकवानपुरले  प्राकृतिक प्रकोप तथा अन्य बिपद प्रतिकार्यमा उद्दार, राहत तथा पुनस्थापनाको काममा स्वयंसेवकीय भुमिका निर्वाह गर्न जिल्ला स्तरमा ६५ जनाको स्वंमसेवक टोलि तयार गरिएको हो । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीका ६५ जना स्वंमसेवकलाई तालिम प्रदान गरिएको नेकपा एमाले मकवानपुर जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागका प्रमुख शिबहरि दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालले जिल्लामा बाढि, पहिरो, डुवान,आगलागी, हुरि बतास लगायतको प्राकृतिक प्रकोप तथा अन्य बिपदमा स्थानिय प्रशासन एवं स्थानिय सरकारसङ्ग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.