जी. न्यौपाने

280 Posts
हेटौँडा उपमहानगरले दिएको कुर्सीको दुरुपयोग

हेटौँडा उपमहानगरले दिएको कुर्सीको दुरुपयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दिएको सिमेन्टको कुर्सीहरुको दुरुपयोग भएको छ । सर्वसाधारण तथा यात्रुहरुई बसेर गाडी कुर्न, विद्यार्थीहरुलाई विद्यालय बस कुर्न, साथी–साथी भेटेर मनको कुरा बिसाउन (गफ्फिन) तथा वुद्धवृद्धाहरुलाई एकैछिन सुस्ताउन सजिलो होस् भन्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले प्रत्येक वडालाइ १ सय देखि १ सय ५० वटा सिमेन्टको कुर्सी बितरण गरेको छ । ती कुर्सीहरु कतै निर्माणको नाममा दुई–तीन टुक्रा हुनेगरि फुटेका छन् , कतै कुर्सीको बस्ने बिच भागमा फुटेको पाइएको छ । कतै १० देखि १२ वटा कुर्सी एकै ठाउँमा जोडेर राखिएको छ । उपमहानगरपालिकाका प्रबक्ता सबिन न्यौपाने भन्छन् –‘स्थानीयहरुले माल पाएर चाल नपाएका हुन् ।’ प्रबक्ता न्यौपानेका अनुसार एउटा…
Read More
अखिल नेपाल महिला संघ समाजवादी केन्द्रमा मकवानपुरकी पार्टी इन्चार्ज सिग्देल चयन

अखिल नेपाल महिला संघ समाजवादी केन्द्रमा मकवानपुरकी पार्टी इन्चार्ज सिग्देल चयन

मकवानपुर । अखिल नेपाल महिला संघ समाजवादीको काठमाडौमा भएको सातौ महाधिवेशनले पार्टीकी पोलिट्ब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देललाई केन्द्रिय अध्यक्ष पदमा चयन गरेको छ । मकवानपुर जिल्लाको कुशल नेत्री सिग्देल लामो समयदेखि राजनितीमा सकृय रही आएकी हुन् । तत्कालीन पार्टी नेकपा एमालेमा रहँदापनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेकी हुन् सिग्देल । हाल नेकपा एकीकृत समाजवादीमा पार्टीको पोलिट्ब्युरो सदस्य, मकवानपुर जिल्ला इन्चार्ज को जिम्मेवारी सम्हाल्दै आएकि पार्टीको आसा लाग्दो नेत्रीको रुपमा चिनिने सिग्देल नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशसभा सदस्य समेत रहिसकेकि छिन् ।
Read More
हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्घाटन

हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्घाटन

हेटौंडा । हेटौंडामा तेस्रो डिजिटल ढकतराजु डिलरको उद्धघाटन भएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडास्थित टिसिएन रोडमा रहेको मकवानपुर ढकतराजु एण्ड सप्लायर्सको उद्घाटन हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङले गरेका हुन् । हेटौंडामा मकवानपुर ढकतराजु एण्ड सप्लायर्सले होण्डा इन्डियन कम्पनीका डिजिटल डिलर संचालनमा ल्याएको सप्लायर्सका संचालक सुजित शर्माले जानकारी दिए । 'होण्डा कम्पनी ब्रान्ड हो र यसका उत्पादनहरु बलियो र टिकाउ हुनेहुनाले आफुले यही कम्पनीको डिलर रोजेको हु' , शर्माले भने । 'अहिले एनालग ढकतराजु त्यति बिक्दैन समय अनुसारको काम गरेन भने पछी परिन्छ' शर्माको भनाइ छ । सप्लायर्सले बिक्री र मर्मत दुवै गर्छ , साथै टिभी…
Read More
त्रिभुवन माविका विद्यार्थीलाई पोषणबारे सचेतना

त्रिभुवन माविका विद्यार्थीलाई पोषणबारे सचेतना

हेटौंडा । हेटौंडा ११ नवलपुरको श्री त्रिभुवन माविका विद्यार्थीहरुले पोषणतत्व तथा कुपोषण हुनुका कारण र बालबिवाहबारे एग्जिबिशन गरेका छन् । विद्यार्थीहरुमा पोषण, स्वास्थ्य, वातावरण र सरसफाइबारे कत्तिको ज्ञान् छ त्योबारे जान्न पोषण सप्ताह कार्यक्रम गरिएको हो । जेठ ४ देखि जेठ ९ गतेसम्म चल्ने सप्ताहब्यापी कार्यक्रमले विद्यार्थीमा स्वास्थ्य, पोषणको आवश्यकता, आफ्नो र वरिपरिको वातावरण सरसफाइबाट हुने लाभ र बालबिवाहबाट स्वास्थ्यमा, सामाजिक रुपमा पुर्याउने असरबारे व्यावहारिक रुपमा चेतना जगाउन मदत पुग्ने कार्यक्रम संयोजक तथा विद्यालय नर्स बिकिसा बानियाँले जानकारी दिइन् । विद्यार्थीलाइ ब्यवहारिक ज्ञानबाट पढाउन सजिलो हुने विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले बताए । सप्ताहब्यापी कार्यक्रमले विद्यार्थीलाई प्रत्यक्ष रुपमा सहभागी गराउँछ ।…
Read More
हेटौँडा ११ मा किशोर किशोरीलाई आधारभूत स्वास्थ्यबारे सचेतना

हेटौँडा ११ मा किशोर किशोरीलाई आधारभूत स्वास्थ्यबारे सचेतना

हेटौंडा । हेटौंडा ११ नम्बर वडास्थित श्री आनन्द भैरव सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ६–७ र ८ का विद्यार्थीहरुलाई सेनिटरी प्याडको महत्व, प्रयोग र डिस्पोजबारे सचेतना गराईएको छ । विद्यार्थीहरुलाई कस्तो प्याड प्रयोग गर्ने, कस्तो नगर्ने, गलत प्याडको प्रयोगले के समस्या हुन्छ र प्रयोग गरेको प्याड कहाँ फाल्ने लगायतका विविध विषयका बारेमा र अन्य स्वास्थ्य सम्बन्धि विषयहरुमा सिकार्इएको हेटौंडा ११ कि नवलपुर आधारभूत स्वास्थ्य केन्द्र प्रमुख जनस्वास्थ्य निरीक्षक मिना कुमारीले जानकारी दिइन् । विद्यालयका ६० जना विद्यार्थी सहभागी रहेको उक्त एक दिवसीय सचेतना कार्यक्रममा जनस्वास्थ्य निरीक्षक मिना कुमारीले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल लगायत शिक्षकशिक्षिका, विद्यार्थीहरुको उपस्थिति…
Read More
हेटोँडामा १०० जना  विद्यार्थीलाई स्कुल ब्याग

हेटोँडामा १०० जना विद्यार्थीलाई स्कुल ब्याग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाका श्री त्रिवेणी आधारभूत विद्यालयका १ सय जना विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । हेटौंडा अटोमोबाइल्सको ३० औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई ब्याग बितरण गरिएको अटोमोबाइल्सका सदस्य बिकास नेपालले जानकारी दिए । अटोमोबाइल्सका अध्यक्ष ऋषिकुमार ढकालको सभाध्यक्षता तथा हेटौंडा ९ नम्बर वडाका वडासदस्य विष्णु राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सुजन उप्रेतीको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा ११ नम्बर वडाका वडासदस्य तथा अटोमोबाइल्सका सदस्य बिकास नेपाल , अटोमोबाइल्सका क्षेत्रीय संयोजक, कार्यसमिति सदस्यहरु, जिल्लाका निवर्तमान अध्यक्ष , सल्लाहकार, सदस्यहरु, विद्यालयका प्रअ, शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Read More
सिमलटारको विभिन्न क्षेत्रमा वडा सदस्य नेपालको सहयोग

सिमलटारको विभिन्न क्षेत्रमा वडा सदस्य नेपालको सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका वडा सदस्य विकास नेपालले सिमलटार निवासी भिम्सेन सुबेदीलाइ खाधान्न सहयोग गरेका छन् । हेटौंडा ११ सिमल्टारमा एक्लै बस्दै आएका ६६ वर्षका सुबेदीकोआर्थिक अवस्था कमजोर देखेपछि नेपालले उनकै निवासमा पुगी २ बोरा चामल र दाल दिएर सहयोग गरेका हुन् । वडा सदस्य नेपालले केही समय अगाडि सिमलटार युवा क्लबलाई आफ्नै खर्चमा २ सेट फुटबल , १ सेट नेटजाली , १ सेट गोल्किपरले हातमा लगाउने पन्जा सहयोग गरेका थिए । नेपालले सिमलटारका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । यस कार्यले सिमलटारलाई राहत पुगेको सिमलटार टोल बिकास संस्थाका सल्लाहकार उमेश बस्नेतले बताए ।
Read More
मोफसलको पहिलो दैनिक पत्रिका हो ‘गढीटाइम्स’- बिष्णु दाहाल

मोफसलको पहिलो दैनिक पत्रिका हो ‘गढीटाइम्स’- बिष्णु दाहाल

जी . न्यौपाने,हेटौँडा । काठमाडौ उपत्यका भन्दा बाहिर सूचना सम्प्रेषण गर्ने हुटहुटीले मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो दैनिक पत्रिका ‘गढीटाइम्स’ले बिष्णुप्रसाद दाहाललाई प्रथम सम्पादक बनायो । दाहालको दाबी अनुसार गढीटाइम्स मोफसलकै पहिलो पत्रिका हो जो २६ अङ्क प्रकाशित भएर बन्द भएको थियो । बिक्रम सम्वत २०५४ सालमा हाम्रो छापाखानामा यो पत्रिका छापिएको हो । पत्रिकाका ब्यवस्थापक रामहरि चौलागाईं हुन् । दाहालका अनुसार राससको सदस्यता लिने र काठमाडौ भ्याली बाहिरबाट सूचना सम्प्रेषण गर्ने पहिलो दैनिक पत्रिका बनाउने उदेश्यले पत्रीका प्रकाशन गरिएको हो । राससको सदस्यता लिने क्रममै थियौं तर लिइएन । 'जिल्लाबाट प्रकाशित साप्ताहिक प्रयास, कुराकानी प्रकाशनमा थिए तर दैनिक पत्रिका थिएन'…
Read More
हेटौंडामा सरसफाई

हेटौंडामा सरसफाई

हेटौँडा,३१ बैशाख । हेटौंडामा सरसफाइ कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस र महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फूटप्रिन्ट हटाउने अभियान अन्तरगत हेटौंडामा पनि सरसफाइ कार्यक्रम गरिएको हो । विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीले आयोजना गरेको कार्यक्रम मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । हेटौंडाको हुप्राचौरदेखि शुरु भएको सरसफार्इ, फरेष्ट्री क्याम्पस वरपर, भैरहवरोड, कान्तिलोकपथ, महेन्द्रराजमार्ग लगायत हेटौंडा बजार क्षेत्रको ३ किलोमिटर वरपर सरसफाइ गरिएको मण्डलीका सदस्य नेत्रमणी इटनीले जानकारी दिए । कार्यक्रम पर्शुराम तिम्सिनाको संयोजकत्वमा भएको हो ।
Read More
हेटौंडामा ‘नयाँपन’  थपियो

हेटौंडामा ‘नयाँपन’ थपियो

हेटौँडा,३१ बैशाख । बागमति प्रदेशको राजधानी हेटौंडामा बैशाख ३१ गते बुधबारदेखि थप दैनिक पत्रिका ‘नयाँपन’ प्रकाशनमा आएको छ । कम्युनिकेशन इन्डस्ट्री हेटौंडा, मकवानपुरले पत्रिकाको प्रथम अंक बजारमा प्रकाशनमा ल्याएको हो । धुर्ब अधिकारीको नेतृत्वमा रहेको पाक्षिक पत्रिकालाई नयाँ नेतृत्वले दैनिकमा परिणत गरेको पत्रिकाका सम्पादक दिपेन्द्र रोक्काले बताएका छन् । 'समाचार धेरै चोटि सोचेर लेखिन्छ तर समाचार प्रकाशन भएको कुरामा सम्झौता गरिन्न' रोक्काले पत्रीकाको प्रकाशकीयमा लेखेका छन् । पत्रिका निरन्तर प्रकाशित हुने र शनिबार भने पत्रिका प्रकाशन नहुने जनाइएको छ । श्यामस्वेत कलरको ट्याबलेट साइजको पत्रिका ४ पेजको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.