सिमलटारको विभिन्न क्षेत्रमा वडा सदस्य नेपालको सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका वडा सदस्य विकास नेपालले सिमलटार निवासी भिम्सेन सुबेदीलाइ खाधान्न सहयोग गरेका छन् ।

हेटौंडा ११ सिमल्टारमा एक्लै बस्दै आएका ६६ वर्षका सुबेदीकोआर्थिक अवस्था कमजोर देखेपछि नेपालले उनकै निवासमा पुगी २ बोरा चामल र दाल दिएर सहयोग गरेका हुन् ।

वडा सदस्य नेपालले केही समय अगाडि सिमलटार युवा क्लबलाई आफ्नै खर्चमा २ सेट फुटबल , १ सेट नेटजाली , १ सेट गोल्किपरले हातमा लगाउने पन्जा सहयोग गरेका थिए । नेपालले सिमलटारका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । यस कार्यले सिमलटारलाई राहत पुगेको सिमलटार टोल बिकास संस्थाका सल्लाहकार उमेश बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.