जी. न्यौपाने

280 Posts
हेटौंडामा एकीकृत समाजवादीका केन्द्रिय नेता र पार्टीका जिल्ला नेताबीच भेटघाट

हेटौंडामा एकीकृत समाजवादीका केन्द्रिय नेता र पार्टीका जिल्ला नेताबीच भेटघाट

हेटौंडा । नेकपा एकीकृत समाजवादीका केन्द्रिय नेताहरूले जिल्ला पार्टी का नेताहरुसंग भेटघाट गरेका छन् । पार्टीका केन्द्रिय सदस्य द्रोण प्रसाद सिलवाल, नेपाल रिटर्निङ्ग एशोसिएशनका केन्द्रिय अध्यक्ष प्रवीण पौडेल, केन्द्रिय सदस्य प्रकाशमान मोहराले प्रदेश तथा जिल्ला नेताहरूसंग पार्टी कार्यालय हेटौंडामा भेटघाट गरेका हुन् । भेटघाट कार्यक्रममा बोल्दै नेपाल रिटर्निङ्ग एशोसिएशनका केन्द्रिय अध्यक्ष पौडेलले कृषिमा क्रान्ति ल्याउनुपर्ने बताए । उनले भने , 'नेपालमा कृषि क्रान्तिले परिवर्तन ल्याउन सक्छ, त्यसको लागि भुमि ब्यवस्था र चक्ला बन्दी हुनुपर्छ । उनले कृषि प्रणाली र शिक्षा प्रणाली अत्याधिक रुपमा भत्केको भन्दै दुखेसो पोखे । कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार यादव गजुरेल, प्रदेश सदस्य कल्पना बिस्वकर्मा, जिल्ला अध्यक्ष…
Read More
हेटौंडा ११ पूर्ण खोपयुक्त वडा घोषणा

हेटौंडा ११ पूर्ण खोपयुक्त वडा घोषणा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा पूर्ण खोपयुक्त वडा घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा शहरी स्वास्थ्य केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । स्वास्थ्य केन्द्र हेटौंडा ११ को सभाहलमा सोमबार भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । वडामा भएको बालबालिकाहरुले खोपको पुर्णता पाएकोले पुर्णखोप युक्त वडा घोषणा गरिएको स्वास्थ्य केन्द्र प्रमुख मिना कुमारीले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, टोलबिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोल बिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर, स्वास्थ्यकर्मी , विभिन्न संघसंस्थाका…
Read More
हेटौंडामा १ महिने हाते कढाइ एड्भान्स तालिम  सम्पन्न

हेटौंडामा १ महिने हाते कढाइ एड्भान्स तालिम सम्पन्न

मकवानपुर । महिलाहरुको १ महिने हाते कढाइ एड्भान्स तालीम सम्पन्न भएको छ । लब्ली न्यु कृएशनको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा भएको तालिम महिलाहरुले पूरा गरेको आयोजक संस्थाकी प्रमुख शोभा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठले सहजीकरण गरेको तालिमका सहभागीहरुलाइ कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले प्रमाणपत्र बितरण गरेकी थिइन् । विशेष अतिथि हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले बजारिकरणमा सघाउने बताए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको हलमा भएको हो ।
Read More
विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ११ मा र्याली

विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ११ मा र्याली

हेटौँडा । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ११ मा र्याली प्रदर्शन गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा गरिएको र्यालीमा २३ वटा टोल विकास संस्थाले भाग लिएका थिए । वडा ११ को कार्यालयदेखि शुरु भएको र्यालीले नवलपुर, थानाभर्याङ परिक्रमा गरी सिमलटारको सहकारी भवनमा पुगेर सभामा परिणत भएको थियो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने टोल विकास संस्थाहरुलाइ पुरस्कृत गरिएको थियोे । पुरस्कृत हुने टोल विकास संस्थामा प्रथम सिमलटार टोल विकास संस्था, दोस्रो शान्ति चोक टोल विकास संस्था, तेस्रो झलुङ्गेपुल टोलबिकास संस्था थिए भने सुर्योदय टोलबिकास संस्था र…
Read More
हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाई अभियान सम्पन्न

हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाई अभियान सम्पन्न

हेटौँडा । ५६ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकामा शनिवार एकैसाथ १९ वटै वडामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको मुख्य कार्यक्रमका रूपमा गरिएको यस सरसफाइ अभियानमा नगरका गल्ली, चोक, सार्वजनिक स्थल, बजार क्षेत्र र विद्यालय आसपासका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सफा गरिएको हो। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा, १९ वटै वडाको टोल विकास संस्थाको समन्वयमा तथा टोल विकास नगर समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीका अनुसार हेटौंडालाई स्वच्छ, हरित र प्लाष्टिकमुक्त बनाउने उद्देश्यले टोल विकास संस्थाहरु लामो समयदेखि क्रियाशील छन्। “हामीले वातावरण संरक्षणको अभियानलाई समुदायमै…
Read More
गणतन्त्र दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले १८औं गणतन्त्र दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मकवानपुरकी जिल्ला अध्यक्ष सरिता दाहालले गरिन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ बागमती प्रदेश समिति अध्यक्ष कमलकुमार विश्वकर्मा, महासंघ प्रदेश सदस्य आरसी न्यौपाने, जिल्ला अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुर प्रमुख माया लामा लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममार्फत गणतन्त्र प्राप्तिका लागि गरिएको संघर्षको सम्मान गर्दै राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिवद्धता जनाइएको थियो। प्रेस चौतारी मकवानपुरले प्रत्येक वर्षझैँ यस वर्ष पनि…
Read More
कुमारी मुक्तान भन्छिन्-‘‘कृष्णसेन जस्तै निडर भएर जनताको पक्षमा लेख्नुस्’’

कुमारी मुक्तान भन्छिन्-‘‘कृष्णसेन जस्तै निडर भएर जनताको पक्षमा लेख्नुस्’’

हेटौंडा । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य बागमती प्रदेशसभा सदस्य तथा समाजिक विकास पुर्व मन्त्री कुमारी मुक्तानले पत्रकारहरुले कृष्णसेन (इच्छुक)ले जस्तै साहसी भएर सर्वसाधारणको पक्षमा कलम चलाउनुपर्ने बताएकी छिन् । कृष्णसेन (इच्छुक) को २३ औं स्मृतिमा दिवसका अवसरमा प्रेस सेन्टर मकवानपुरले गरेको अन्तरकृया कार्यक्रममा सम्बोधन गर्दै मुक्तानले यस्तो कुरा बताएकी हुन् । कार्यक्रमकी प्रमुख अतिथी मुक्तानले पत्रकार सेनको सम्झना गर्दै जनयुद्ध जस्तो क्रुर बेलामा पनि आफ्नो ज्यानको पर्वाह नगरी आमजनताको पक्षमा कलम चलाउने निडर पत्रकारको रुपमा सेनलाइ पाएको बताइन् । प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का वक्ता नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरे…
Read More
वेद विद्यालयलाई युनियनको सहयोग

वेद विद्यालयलाई युनियनको सहयोग

हेटौँडा । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडाको संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । प्रेस युनियन मकवानपुरले संसकृत वेद विद्यालयको जगेर्नामा युनियन साथमा भएको आभास होस् भन्ने उदेश्यले खाध्यान्न सहयोग गरेको प्रेस युनियनका मकवानपुर जिल्ला अध्यक्ष सुबास बिडारीले बताए । अध्यक्ष बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागार्इ , पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, वरिष्ठ पत्रकार प्रताप विष्ट , पत्रकार महासंघ जिल्ला उपाध्यक्ष धुर्ब अधिकारी, वरिष्ठ पत्रकार रामकुमार एलन , समाजसेवी रामकृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो…
Read More
‘सुशानको लागि अवस्था होइन नीति बदलिनु पर्छ’– पूर्वमन्त्री डाक्टर गंगालाल तुलाधर

‘सुशानको लागि अवस्था होइन नीति बदलिनु पर्छ’– पूर्वमन्त्री डाक्टर गंगालाल तुलाधर

हेटौंडा । नेकपा एकीकृत (समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री डाक्टर गंगालाल तुलाधरले देशमा सुशासन आउन नीति परिवर्तन हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत (समाजवादी) बागमती प्रदेश कमिटीले आयोजना गरेको हेटौंडाको विचार गोष्ठीमा उनले यस्तो कुरा बताएका हुन् । गोष्ठीमा बोल्दै उनले देशबाट राणा साशनको अन्त्य हुँदा पनि जनताले अपमानित भएर बाँच्नुपरेकाे थियो अहिले पनि त्यही अवस्था रहनु दु:खद कुरा भएकाे बताए । ''हेटौंडाबाट ठुला-ठुला क्रान्तिको शुरूवात भएको छ, चाहे त्यो हेटौंडा कपडा उद्योगको क्रान्ति होस, अहिले आएर हेटौंडा सिमेन्ट उद्योग र हेटौंडा अस्पतालको पक्षमा भएको आन्दोलन होस् यस्ता थुप्रैपटक आन्दोलन भएका छन् , अहिले गभर्नरको कुरामा पनि पार्टीले भनेको…
Read More
मुख्य मन्त्रीलाई एकीकृत समाजवादी मकवानपुरको स्मरण पत्र

मुख्य मन्त्रीलाई एकीकृत समाजवादी मकवानपुरको स्मरण पत्र

हेटौंडा । नेकपा एकीकृत (समाजवादी) जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मार्फत् स्मरण पत्र बुझाएको छ । आन्तरिक मामिला कानुन मन्त्रालय बागमती प्रदेश को कार्यालय पुगेर समाजवादीका सम्सदिय दलका नेता कृष्णप्रसाद खनालको हातबाट कानुन मन्त्री लामिछानेलाई स्मरण पत्र बुझाइएको हो । एकीकृत समाजवादीले सुशासन र रोजगारी समाजवादको तैयारी भन्ने मुलनाराका साथ देशब्यापी आन्दोलन शुरु गरेको छ त्यसै अन्तरगत बैशाख १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमती प्रदेशलाई ज्ञापन् पत्र बुझाएको थियो । समाजवादी बागमती प्रदेशले बुझाएको ज्ञापन् पत्र अर्थिक मन्त्रालय बागमती प्रदेशका मन्त्री कुन्दनराज काफ्लेले बुझेका थिए ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.