हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा पूर्ण खोपयुक्त वडा घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा शहरी स्वास्थ्य केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
स्वास्थ्य केन्द्र हेटौंडा ११ को सभाहलमा सोमबार भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । वडामा भएको बालबालिकाहरुले खोपको पुर्णता पाएकोले पुर्णखोप युक्त वडा घोषणा गरिएको स्वास्थ्य केन्द्र प्रमुख मिना कुमारीले बताइन् ।
कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, टोलबिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोल बिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर, स्वास्थ्यकर्मी , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रतिकृया दिनुहोस्