हेटौंडा । नेकपा एकीकृत समाजवादीका केन्द्रिय नेताहरूले जिल्ला पार्टी का नेताहरुसंग भेटघाट गरेका छन् । पार्टीका केन्द्रिय सदस्य द्रोण प्रसाद सिलवाल, नेपाल रिटर्निङ्ग एशोसिएशनका केन्द्रिय अध्यक्ष प्रवीण पौडेल, केन्द्रिय सदस्य प्रकाशमान मोहराले प्रदेश तथा जिल्ला नेताहरूसंग पार्टी कार्यालय हेटौंडामा भेटघाट गरेका हुन् ।
भेटघाट कार्यक्रममा बोल्दै नेपाल रिटर्निङ्ग एशोसिएशनका केन्द्रिय अध्यक्ष पौडेलले कृषिमा क्रान्ति ल्याउनुपर्ने बताए । उनले भने , ‘नेपालमा कृषि क्रान्तिले परिवर्तन ल्याउन सक्छ, त्यसको लागि भुमि ब्यवस्था र चक्ला बन्दी हुनुपर्छ । उनले कृषि प्रणाली र शिक्षा प्रणाली अत्याधिक रुपमा भत्केको भन्दै दुखेसो पोखे ।
कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार यादव गजुरेल, प्रदेश सदस्य कल्पना बिस्वकर्मा, जिल्ला अध्यक्ष विष्णु दाहाल, जिल्ला पार्टी सचिव किशोर बर्तौला, सहसचिव गिता कडरिया मैनाली, नगर अध्यक्ष बिष्णु माया लामा, खेलकुद महासङ्गका केन्द्रिय सदस्य सुर्यबहादुर थिङ्ग लागायतको उपसथिती रहेकोे थियो ।