हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले १८औं गणतन्त्र दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मकवानपुरकी जिल्ला अध्यक्ष सरिता दाहालले गरिन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ बागमती प्रदेश समिति अध्यक्ष कमलकुमार विश्वकर्मा, महासंघ प्रदेश सदस्य आरसी न्यौपाने, जिल्ला अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुर प्रमुख माया लामा लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत गणतन्त्र प्राप्तिका लागि गरिएको संघर्षको सम्मान गर्दै राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिवद्धता जनाइएको थियो।
प्रेस चौतारी मकवानपुरले प्रत्येक वर्षझैँ यस वर्ष पनि गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलनमार्फत लोकतान्त्रिक परिवर्तनप्रति सम्मान प्रकट गरेको हो।